देश

गौर हत्याकाण्ड: उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न जसपाको माग

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिंहदरबारस्थित जसपाको संसदीय दलमा आज पत्रकार सम्मेलन गरी जसपाले यही साउन २३ गते गृह मन्त्रालय र रुपसागर देवी उपाध्यायबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई नै बिथोल्ने कार्य गरेको आरोप लगाएको छ । साथै जसपाले सर्वपक्षीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी उक्त समितिमार्फत सत्यतथ्य पत्ता लगाई समस्याको समाधान गर्न पनि माग गरेको हो । पत्रकार सम्मेलनमा जसपाका प्रवक्ता मनिषकुमार… पुरा पढौ

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री ‘प्रचण्ड’ले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि अग्नि परीक्षासरह भएको बताए । उनले सो सेवामा सुधार गर्ने सङ्कल्पसमेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक… पुरा पढौ

एमालेद्धारा राष्ट्रियसभाको बैठक अवरुद्ध, सत्तापक्षका पनि उठे

राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिएका थिए । बैठकमा गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको बताए । उनले मुलुकमा डेङ्गुको प्रकोप फैलिएको, लम्पी स्कीन रोगका कारण पशु मरिरहेका र बाढीपहिरोको समस्याले जनजीवन प्रभावित भएकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराए । सांसद भगवती न्यौपानेले देशको रक्षा र सुशासन कायम गर्न बाध्यताले सदन अवरोध गर्नुपरेको… पुरा पढौ

ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँ: ऊर्जामन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताए । सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ । ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै उनले… पुरा पढौ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप चार चिकित्सक पक्राउ

काठमाण्डौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि आज दिउँसो सिआइबीको टोलीले… पुरा पढौ

छापिएको दुई लाख अनुमतिपत्र लिन(लाइसेन्स) आएनन सेवाग्राही

नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ ।कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन् । अहिले सेवाग्राहीले चालक अनुमतिपत्र नवीकरण गरेपछिको एकडेढ वर्षमा मात्रै अनुमतिपत्र पाउने अवस्था रहेकोे जनाइएको छ । धेरै सेवाग्राहीले एउटा अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएर त्यो नआउँदै दोस्रो… पुरा पढौ

अवरुद्ध श्रम स्वीकृति पुनःसञ्चालनमा

वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले राससलाई जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले श्रम स्वीकृतिका लागि अब सहज भएको छ । अवरुद्ध भएको ‘एफइआइएमएस’ प्रणाली पुनःसञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले सूचनामार्फत सेवाग्राहीलाई पनि जानकारी दिएको छ । प्रणालीमा आएको समस्याका कारण श्रम… पुरा पढौ

पोखराबाट २४ तोला सुनसहित महिला पक्राउ

पोखरा, साउन २५ पोखरामा एक महिला २४ तोलासहित पक्राउ परेकी छन् । झापाको मोर्तामोड घर भई काठमाडौंको जोरपाटी बस्दै आएकी ४५ वर्षिया कल्पना गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले २८० ग्राम २९ मिलिग्राम अर्थात करीब २४ तोला सुनसहित पोखरा बसपार्कबाट पक्राउ गरेको हो । काठमाडौंबाट पोखरा आएको ग.१ ख.९९४४ नम्बरको बसमा सवार उनलाई पोखरा बसपार्कमा विहान ७ः२५ बजे बसबाट झर्ने क्रममा पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । बसबाट झरेकी गुरुङको शरिर खानतलासी… पुरा पढौ

नेपालकी सामाजिक अभियान्ता सरस्वतीलाई अमेरिकामा अवार्ड

अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेकि हुन । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक… पुरा पढौ

नाट्टा गण्डकीको २८ औं साधाणसभा सम्पन्न

पोखरा । नेपाल एशोसियेशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको २८ औं वार्षिक साधाणसभा सम्पन्न भएको छ । पोखरामा सम्पन्न साधरण सभाको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले पोखरालाई देशकै पर्यटन राजधानी घोषणा गर्ने तयारीमा आफुहरु रहेको खुलासा गरे । उनले भने , ‘हामी स्थानिय सरकार र प्रदेश सरकारबाट पोखरा महानगरपालिकालाई देशकै पर्यटनको राजधानी घोषणा गर्ने तयारीमा छौं । त्यसका लागि केन्द्रिय सरकारसँग पटक–पटक छलफलमा छौं ।’ यसका लागि आफू र महानगरको टिम… पुरा पढौ