देश

‘आइफोन’ उपहारको आश गर्दा…

उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे । उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए । त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा… पुरा पढौ

देशैभर मनसुनी वर्षा

हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही… पुरा पढौ

कानूनभन्दा बाहिर गएर कुनै निर्णय गरेको छैन : अध्यक्ष ओली

भदौ ८ भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताएका छन् । आज नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी सङ्गठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा बोल्दै उनले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको जिकिर गरे । उनले भने, “सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्ड छोप्न एमालेले भ्रष्टाचार ग¥यो भनेर विषयवस्तुलाई अन्तै मोड्न खोजिँदैछ, मलाई कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन । म प्रधानमन्त्री… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्र सहकार्य आवश्यक : राष्ट्रपति पौडेल

भदौ ७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उनले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताएको उल्लेख छ । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी… पुरा पढौ

कोशी प्रदेशका मुख्यमन्त्री लिएको विश्वासको मत संविधान प्रतिकूल

भदौ ७ काठमाण्डौँ । सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त आदेश गरेको हो । “विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मतसमेत गणना गरी मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६ संसदीय अभ्यास,… पुरा पढौ

पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने

पोखरा, भदौ ७ पोखरामा असोज दोश्रो साता ईन्टर कलेज व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरेली कलाकारहरुको साझा संस्था पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी असोज १२ र १३ गते पोखरामा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना हुने भएको हो । पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा हुने प्रतिष्पर्धामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिष्पर्धामा रहेका व्याण्डहरुमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु मात्र सहभागि हुन पाउने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले स्पष्ट… पुरा पढौ

मौसम पूर्वानुमान यथार्थपरक बनाउनुपर्छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी सरकारले काम अगाडि बढाउने बताएका छन । जल तथा मौसम विज्ञान विभागको कार्यालयको आज अनुगमन गर्दै उनले चालु आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताए । मन्त्री बस्नेतले विगतको मौसम पूर्वानुमानको अनुभवलाई मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उल्लेख गरे । मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउन सरकारले ध्यान दिने उनको भनाइ थियो । उनले पूर्वसूचना प्रणालीलाई जनमानसमा अझ व्यापक गर्नका… पुरा पढौ

सुनचाँदीको भाउ बढयो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

नेता कार्कीको निधनमा कांग्रेसले दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । उनको उपचारका क्रममा बुधबार निधन भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभा पूर्वसदस्य तथा नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बैठकले स्व नेता कार्कीप्रति सम्मान प्रकट… पुरा पढौ

गायनमा सिम्रनको चर्चा

गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ । “गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भनिन, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै… पुरा पढौ