देश

गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाउन आदिवासी जनजातिको माग

पोखरा, भदौ ५ आदिवासी जनजातिहरुले गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरेका छन् । आदिवासी जनजाति संघर्ष समिति गण्डकीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा घोषणा गर्न सरकारसँग माग गरेको हो । गणेश ठाकुरको संयोजकत्वमा गठित भाषा आयोगले गण्डकी प्रदेशमा गुरुङ र मगर तथा देशको दक्षिणी भेगमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेकाले सोहि अनुसार आवश्यक ऐन, कानून बनाई कामकाजको भाषा घोषणा गर्न समितिको माग छ । समितिले नेपालको… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो । विभिन्न दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर ३४ हजार पाँच सय आठ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ बराबरको कारोबार भएको छ । एक… पुरा पढौ

सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे ।उनले अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, “हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।” बङ्गलादेशसँग विद्युत् व्यापारको ढोका… पुरा पढौ

महिला टी–२० सिरिज: नेपालले हङकङलाई ६ विकेटले हरायो

चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि सम्झनाकुमारी खड्काले… पुरा पढौ

नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए । चितवनको ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगैँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ –मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । रासस पुरा पढौ

महिला टी–२० आई सिरिज: नेपालविरुद्ध हङकङ ब्याटिङ गर्दै

चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । केहीबेर अघिसम्मको खेलमा हङकङले १४ ओभरमा चार विकेटको क्षतिमा ६६ रन बनाएको छ । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाइन । बलिङतर्फ नेपालका लागि कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्री बेलबासेले एक÷एक… पुरा पढौ

ललिता निवास जग्गा हिनामिना प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए । सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो । बालुवाटारस्थित ललिता निवास… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन पाँच–छ घण्टा लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ”, उनले भने । रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र… पुरा पढौ

कोशी प्रदेश सरकारलाई विश्वासको मत

भदौ ४ विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ । रासस पुरा पढौ

प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड

प्लाष्टिकजन्य सामग्रीको प्रयोगबाट पर्ने दुष्प्रभाव न्यूनीकरणका लागि त्यस्ता सामग्रीको प्रयोग घटाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा प्लाष्टिजन्य फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीले प्लाष्टिकजन्य सामग्रीको प्रयोग गर्ने बानी व्यवहारमा सुधार गर्नुपर्ने जोड दिए । उनीहरुले प्लाष्टिकका सामग्रीको पुनः प्रयोग तथा पुनः प्रशोधनका लागि ‘प्लाष्टिक विनिमय बैंक’ सञ्चालन गर्नुपर्ने, प्लाष्टिकको कम प्रयोग गर्ने, पर्यटकीयस्थलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइएको थियो । प्लाष्टिकबाट बनेका सामग्रीले वातावरणमा पारेका प्रभावका बारेमा स्थानीय तहमार्फत जनचेतना फैलाउनुपर्ने, सहरी क्षेत्रमा… पुरा पढौ