देश

गायनमा सिम्रनको चर्चा

गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ । “गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भनिन, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै… पुरा पढौ

शनिबारदेखि मौसममा सुधार आउने

मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ”, मौसमविद् पौडेलले भने । महाशाखाले जारी गरेको मौसम… पुरा पढौ

झण्डै एक महिनापछि संसद् खुल्यो, जनजीविकाका समस्याबारे सांसदको चासो

भदौ ६ काठमाण्डौँ । करिब एक महिनापछि नागरिकका समस्या र जनजीविकाका मुद्दा संसद्मा उठेका छन् । दलहरुबीच सुन तस्करी प्रकरणका विषयमा जाँचबुझ आयोग गठन गर्ने सहमति भएसँगै आज प्रतिनिधिसभाको विशेष समय नागरिकका मुद्दाले प्रवेश पाएका हुन् । दलीय आधारमा आफ्ना धारणा राख्नेक्रममा सांसदले वर्षायाममा देखिएका बाढी पहिरोलगायत प्राकृतिक विपद्, डेङ्गी तथा पशु चौपायामा देखिएको लम्पी स्किन सङ्क्रमण नियन्त्रण, विकास निर्माणका काममा भएको ढिलासुस्ती, भ्रष्टाचार नियन्त्रणलगायत विषय संसद्मा आएका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय… पुरा पढौ

गण्डकीमा डोकोमा गाग्रीमा पानी बोकेर ल्याउने अवस्थाको अन्त्य गरिने

पोखरा, भदौ ६ गण्डकी प्रदेशमा अहिलेपनि डोकोमा पानीले भरिएको गाग्री बोकेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता छ भन्दा अचम्म लाग्ला । गण्डकी प्रदेश सरकारले पछिल्लो पाँच वर्षदेखि ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिरहँदा यहि प्रदेशमा यस्तो अवस्था छ भनेर पत्याउन मुश्किल पर्छ । तर गण्डकीमा दुर्गम क्षेत्रमा मात्र होईन कास्कीकै कतिपय ग्रामिण क्षेत्रमा अहिलेपनि डोकोमा पानीले भरिएको गाग्री बोकेर ल्याएको पानीले स्थानियको प्यास मेट्नुपर्ने नियती ज्यूँका त्यूँ छ । तर अब भने गण्डकीबासीले डोकोमा पानीले भरिएको गाग्री बोकेर ल्याएको पानीले… पुरा पढौ

प्रधानमन्त्री दाहालद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । । आज काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ को राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन । “सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका छन,… पुरा पढौ

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने

संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आगामी महिना उक्त आयोग गठन गर्न सहमत भएका हुन् । सहमति पत्रमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न सात राजनीतिक दलका प्रमुख सचेतकले हस्ताक्षर गरेका छन । सुनलगायतका सामग्री पटक पटक तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य विषयका सम्बन्धमा… पुरा पढौ

बेनी–जोमसोम सडक पाँच दिनपछि खुल्यो

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर आज बिहान सडक खुलाइएको जानकारी दिनुभयो । “कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको… पुरा पढौ

वडाध्यक्षसँग हेमजाका युवाले भने : याम्दी सडकले दियो हैरानी, हरिचोक–हेमजा चल्ने गाडी प्रभावकारी भएन

हेमजा, ५ भदौपोखरां–२५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले हेमजाका युवाहरुसँग अन्र्तक्रिया गरेका छन् । वडा कार्यालयको आयोजनामा हेमजामा रहेका विभिन्न यूवा क्लबमा आबद्ध युवाहरुसँग वडाध्यक्ष तिमिल्सिनाले मंगलबार अनतरक्रिया गरेका हुन् ।युवाहरुले हेमजामा नगर बस सेवा संचालन प्रभावकारी नभएको, मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोकदेखि याम्दी सम्मको सडक निर्माणमा ढिलाइ हुँदा वर्षायाममा सडक हिलाम्मे भएर आवतजावतमा हैरानी खेप्नुपरेको गुनासो गरे । उनीहरुले नगर बस सेवा सञ्चालन प्रभावकारी बनाउन तथा याम्दी सडक खण्ड चाँडो बनाउनका लागि पहलकदमी लिन आग्रह गरे ।त्यस्तै, युवाहरुले डिजिटल पुस्तकालय अर्थात… पुरा पढौ

र्‍याण्डम रिडर्सको अध्यक्षमा रुपिन्द्र सर्वसम्मत

भदौ ६ पोखरा । लामो समयदेखि सुस्ताएको र्‍याण्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ । सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो । यसअघि सोसाइटीकाउपाध्यक्ष रहेका रुपिन्द्रले संस्थाको स्थापना कालदेखि नै विभिन्न पदमा रही कार्य गर्दै आएका छन् । गजल सन्ध्या, पोखराका पूर्व अध्यक्ष रहेका उनी हाल शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् । शिक्षणसँगै साहित्य सिर्जना र सञ्चार क्षेत्रमासमेत उनी क्रियाशील छन् । २०६७ मापोखरामा स्थापना भई… पुरा पढौ

देशभर भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । मनसुनको… पुरा पढौ