देश

बिहीबार रेकर्ड राखेको सुनको मुल्य घट्यो, कतिमा हुदैँछ कारोबार हेनुहोस ?

बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ । बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन नेपालमा अहिलेसम्मकै उच्च मूलय थियो । यसैगरी,चाँदीको मुल्य १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ । एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ । सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे… पुरा पढौ

नेपाल र चीनबीच कृषि सीप आदान–प्रदान हुने

नेपाल र चीनबीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा सीपको आदान–प्रदान गर्ने समझदारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रिकल्चर साइन्स (सास)का बीचमा बिहीबार सहमति भएको हो । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा लेओ योङहङबीच प्रविधि विकास र सीप आदान–प्रदान गर्न समझदारी भएको हो । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधि प्रदर्शन, हस्तानान्तरण तथा प्रवर्द्र्धन गरिने छ । यही सम्बन्धमा खुमलटारस्थित नार्कको केन्द्रीय कार्यायलमा नार्क… पुरा पढौ

निर्वाचन व्यवस्थापनको अधिकार स्थानीय तहलाई : प्रमुख आयुक्त थपलिया

काठमाण्डौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापनलगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आज आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक कार्यक्रममा निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी यस्तो व्यवस्था गर्ने तयारी गरिरहेको बताए । स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य,… पुरा पढौ

कांग्रेस बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए । उनीहरूले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीति, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गरेका थिए ।बैठकमा आज केन्द्रीय सदस्य… पुरा पढौ

कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवद्र्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन् । उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा आज आयोजित छलफलमा उनले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने बताए । “कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट दिँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार हो ।” उनले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए ।… पुरा पढौ

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाण्डौं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा… पुरा पढौ

सुन प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप, हालसम्म ९ जना पक्राउ

काठमाण्डौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आज आरोपीहरूलाई अदालतमा पेस गरिएकोमा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिए । अहिलेसम्म विभागले एक चिनियाँसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तीमध्ये आज सात जनाको म्याद थप भएको हो । आज पक्राउ पर्नेमा चिनियाँ नागरिक जेयुङ लिन… पुरा पढौ

पोखरामा लोकप्रिय बन्दै ‘फुर्केटारी पानी’

पोखरा, साउन ४ अधिकांश पोखरेलीले जारको पानी पिउँछन् । नेपाल खानेपानी संस्थानले घरघरमा धारा पु¥याएपनि अधिकांश पोखरेलीले पिउनका लागि जार र बोतलको पानी प्रयोग गर्छन् । यसरी घरघरमा पुग्ने जार र बोतलको पानी बोरिङ र मुलको गरेर दुई किसिमको हुन्छ । बोरिङको पानी कम स्वादिलो हुन्छ भने मुलको पानी स्वादिलो हुन्छ । बजारमा पाईने थरीथरीका पानीमध्ये फुर्केटारी पानी लोकप्रिय बन्दै गएको छ । जंगलको बीच भागस्थित चट्टान छिचोल्दै निकालेर प्रशोधन गरिएको सो पानीको स्वाद पोखरेलीले मन पराएपछि यो पोखरामा लोकप्रिय… पुरा पढौ

पार्टीको सदस्य सङ्ख्या नघटेको एमालेको दावी

काठमाडौ । नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन्। “नेकपा ९एमाले० को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।” उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको… पुरा पढौ