देश

राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का

काठमाण्डौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा आज तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पारे । “राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाई बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायतलाई पनि… पुरा पढौ

तेस्रो दिनमा माओवादी बैठक : ६८ केन्द्रीय सदस्यले धारणा राखे

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज ६८ केन्द्रीय सदस्यले धारणा राखेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । “अध्यक्ष ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको प्रस्तावको मूल मर्मभित्रै रहेर सदस्यहरुले धारणा व्यक्त गर्नुभयो”, प्रवक्ता महराले भने, “अधिकांश सदस्यले पार्टी रुपान्तरण, जनतालाई… पुरा पढौ

झापा कारागारको हुलदङ्गा नियन्त्रणमा

झापा । झापा कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको छ । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । कारागारभित्र… पुरा पढौ

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको छ । समितिको बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको प्रस्तुतिपछि सांसदहरुले पूर्वाधार र संरचनाका हिसाबले पनि ठूलो विश्वविद्यालयलाई व्यवस्थितरुपमा सञ्चालन नगर्दा उच्चशिक्षा र रोजगारीका लागि विद्यार्थीहरु विदेश जान बाध्य भइरहेको औँल्याइयो । समितिका सभापति डा कालुराम राईले उच्चशिक्षाका लागि विद्यार्थीहरु बाहिर जानुपर्ने अवस्थालाई कसरी रोक्न सकिन्छ भनेर चिन्तनमनन गर्नुपर्ने आग्रह गरे । बैठकमा नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त… पुरा पढौ

मगर समुदायका लागि कानूनी सचेतना कार्यक्रम गरिने

पोखरा । नेपाल मगर संघ पोखरा महानगर समितिले मगर समुदायलाई कानूनी परामर्श तथा सचेतना कार्यक्रम गर्ने भएको छ। साउन २० गते नेपाल मगर संघ कास्कीको सभा हलमा मगर समुदायलाई कानूनी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ महानगर समितिले जनाएको छ। कार्यक्रममा नेपाल मगर संघ कास्कीका ४२ इकाइ समितिबाट करिब १ सय जनाको सहभागी हुने छन्। मगर संघ महानगर समिति पोखराका अध्यक्ष ओम श्रीस मगरले नेपाल मगर संघ अन्तर्गतका हरेक इकाइ समिति, भातृ संगठनबाट कार्यक्रममा सहभागी हुने जनाए। ‘मगर समुदायले… पुरा पढौ

तेस्रो दिनमा माओवादी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु

नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज पनि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखेका छन । बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म ७४ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखिसकेका छन । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय प्रदान गरिएको छ ।… पुरा पढौ

गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थानभन्दा उत्तरतर्फ सर्ने क्रममा छ । सोही मौसमी प्रणालीका कारण आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि… पुरा पढौ

मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली

काठमाण्डौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन् । मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । एमालेका नेता स्व जीवराज आश्रितको ८०औँ जन्मजयन्तीका अवसरमा आज बुटवलमा आयोजित विचारगोष्ठीमा उपमहासचिव ज्ञवालीले राजस्व सङ्कलन न्यून हुँदा कर्मचारीलाई समस्या भएको बताए । निर्माण व्यवसायीले काम पूरा गरेर पनि भुक्तानी पाउन नसकेको अवस्था रहेकाले सरकार यसप्रति गम्भिर हुनुपर्ने उनको भनाइ थियो । उपमहासचिव ज्ञवालीले सुन काण्डमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन… पुरा पढौ

राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ : अर्थमन्त्री डा महत

बीरगञ्ज । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए । मन्त्री डा महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न… पुरा पढौ

मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छ : नेता डा कोइराला

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको विकासका लागि भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज आयोजना गरेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई ‘प्रमाणपत्र वितरण तथा पदस्थापन’ कार्यक्रममा उनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सके मुलुकको विकास हुने बताए । “देशमा अराजकता र दण्डहीनता बढिरहेको छ”, उनले भने । नेता डा कोइरालाले प्रहरीलाई बाहिर राखेर राजस्व अनुसन्धान विभागलाई मात्र संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नुले… पुरा पढौ