देश

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

काठमाण्डौं । संवैधानिक परिषद्को आज बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिमिल्सनाले जानकारी दिए । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् ।… पुरा पढौ

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन: सञ्चारमन्त्री शर्मा

सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पारिन। “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन”, सञ्चारकर्मीको जिज्ञाशामा उनले भनिन। वर्तमान सरकार अनियमिता,… पुरा पढौ

एमालेका कारण विहीबारको राष्ट्रियसभा बैठक स्थगन

काठमाडौ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठक प्रारम्भ हुने वित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए । “सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ”, उनले भने, “दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर… पुरा पढौ

राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा

नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ । कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आह्वान गरेको छ । सम्मेलनमा सहभागी हुन आवेदन दिने युवा तथा बालबालिकालाई कार्यक्रमअघि नै दूर शिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरणसम्बन्धी कार्यशालासमेत सञ्चालन गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । यस… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो , कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको हो। बिहीबार सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी भने प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो। रासस पुरा पढौ

राप्रपामा नेता बन्न युवालाई खुल्ला आवेदन माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ । कार्ययोजना दिएका उम्मेदवारमध्येबाट भूगोल, जनसङ्ख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत महिलासहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए… पुरा पढौ

देशभर भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा उत्तर र पूर्व आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै लुम्बिनी र मधेश प्रदेका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना… पुरा पढौ

बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : एमाले अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अहिले बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक दल, मुलुकलाई माया गर्ने परिवर्तनकारी शक्तिलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आह्वान समेत गरे । “म सबै पार्टीका साथीलाई आग्रह गर्न चाहन्छु । देशलाई माया गर्ने शक्ति एक ठाउँमा आउँदा राम्रो हुन्छ”, उनले भने, “हामी साँच्चै परिवर्तनकारी हौँ भने सानातिना कुरा छाड्नुपर्दछ । एकताबद्ध भएर परिवर्तनका लागि अगाडि… पुरा पढौ

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा, महिलाका लागि निःशूल्क ‘ब्लु बस’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका छन् । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ । बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी… पुरा पढौ

प्रस्तावित छमध्ये तीन राजदूतको संसदीय सुनुवाइ पूरा

काठमाण्डौं । विभिन्न मुलुक र नियोगका लागि सरकारद्वारा प्रस्तावित छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो । बैठकमा न्यूयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरे । सो क्रममा उनीहरूले आफूलाई खटाएको नियोग र मुलुकबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गराउने,… पुरा पढौ