देश

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए । साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु”,… पुरा पढौ

आकर्षणको केन्द्र हिमताल

मनाङको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन् । यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन् । यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको मज्जा लिने गरेको उनीहरु भनाइ छ । जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरु बताउँछन्… पुरा पढौ

गण्डकी सरकारको सय दिन : हात्ती आयो, हात्ती आयो फुस्सा !

पोखरा, साउन २० गण्डकी प्रदेश सरकारको सय दिन सामान्य काममा वितेको छ । त्यसैले त हनिमून पिरियडका रुपमा मानिने गण्डकी सरकारको एक सय दिनको उपलब्धीका रुपमा सामान्य कामलाई प्रमुख उपलब्धीका रुपमा उल्लेख गरिएको छ । प्रदेश सरकारको खर्च धेरै तर काम कम भएको भन्दै संघीयतामाथि प्रश्न उठिरहँदा सुरेन्द्रराज पाण्डेको नेतृत्वमा बनेको गण्डकी सरकारले जनताले चाहे अनुसारको सुशासन, विकास र समृद्धिको क्षेत्रमा जनतामा आशा, भरोसा र विश्वास कायम गर्न नसक्दा जनतालाई हात्ती आयो, हात्ती आयो फुस्सा भएको छ । चुनौतिको चाङका… पुरा पढौ

तरुण दलद्वारा सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन निर्देशन

काठमाडौ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । दलका अध्यक्ष विद्धान गुरुङले एक विज्ञप्ति जारी गरी आजदेखि साउन ३० गतेसम्म हुन लागेको पार्टीको सङ्गठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने अभियानमा सहभागी हुन निर्देशन दिएका हुन्। “कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि १० दिनसम्म ७७ वटै जिल्लामा हुन लागेको शुद्धीकरण अभियानमा खटिनुभएका पार्टीका केन्द्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यसँग समन्वय गरी… पुरा पढौ

महोत्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग गरिएको छ । शुक्रबार सम्पन्न जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरेको हो । जिल्लामा कार्यरत राजनीतिक दलहरु, विभिन्न कार्यालयका सूचना विज्ञ, कृषिसम्बद्ध विज्ञ, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सबै (१५ वटै) स्थानीय तहका प्रमुख (नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्ष) र विपद् व्यवस्थापन समितिका सदस्यहरुको सर्वपक्षीय बैठकले जिल्लालाई सुक्खाक्षेत्र घोषणा गरिन सरकारसमक्ष माग गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले… पुरा पढौ

तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । आरोहण सकेर नेपाल फर्कने क्रममा उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरेकि हुन। पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण सङ्घलगायत विभन्नि पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं आरोहीहरुको विमानस्थलमा उपस्थित थियो । कीर्तिमानी… पुरा पढौ

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’

सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको सप्ताहको सन्दर्भमा आज स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले स्तनपानको महत्व, यसको योगदान, नेपाल तथा कर्णालीको अवस्था, यसले पारेको प्रभाव र सरोकारवालाहरुले पूरा गर्नुपर्ने भूमिका सम्मिलित कार्यपत्र प्रस्तुत… पुरा पढौ

देशभर भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त मौसमी प्रणालीका कारण अहिले कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राजधानी काठमाडौँको आकाश बिहानदेखि बदली रहेको दिउँसोपख हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम… पुरा पढौ

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ : मन्त्री मोदी

काठमाण्डौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिए । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रिपरिषद्मा लैजाने बताए । मन्त्री मोदीले भने, “तीन सयभन्दा बढी स्थानमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ, अनुमानयोग्य कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।” मधेस प्रदेशका स्थानीय तहमा… पुरा पढौ

‘बरामद होइन, सुन कति उम्कियो भन्ने मुख्य प्रश्न हो’

काठमाण्डौं । संसदीय समितिले ललिता निवास, नक्कली भूटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले संसद् नचलेको तथा कार्य क्षेत्र भित्र परेको विषयसँग सम्बन्धित एक सय किलो सुन प्रकरणसहितका घटनाबारे गृहमन्त्रीलाई बोलाएर समितिमा प्रखर छलफलको आवश्यकता औँल्याए । राज्यव्यवस्था र सुशासनसँग सम्वन्धित विषयमा अत्यन्तै प्रभावशाली र क्रियाशील हुनुपर्नेमा एकपछि अर्काे काण्ड भइरहेको समयमा अझ बैठक घनिभूत हुन आवश्यक रहेको बताउँदै उनीहरुले… पुरा पढौ