देश

दुई सय मिटर ड्रागन बोट रेसमा चिनिया टोली शीर्ष स्थानमा

पोखरा, असार ८ पोखरामा शुरु भएको नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’को दुई सय मिटर बोट रेस स्पर्धामा चीनको सिचुवान ड्रागन बोट टिम(पहेंलो) ले अग्रता बनाएको छ । दुई चरणमा भएको दुई सय मिटरको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिमले एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गर्दै शीर्ष स्थानमा रहेर पहिलो दिन आफ्नो अग्रता बनाएको हो । सिचुवानले पहिलो चरण ५३.६८ सेकेण्ड र दोस्रो चरणमा ५५.१३ सेकेण्डमा २ सय मिटर पार गरेको थियो । पोखरा महानगरपालिका, नेपालस्थित चिनिया दूतबास र नेपाल… पुरा पढौ

सांस्कृतिक सम्बन्धमा नया आयाम थप्दै पोखरामा ‘नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेष्टिभल’ शुरु

पोखरा, असार ८ पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनिया दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखराको फेवातालमा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ शुरु भएको हो । दुई दिनसम्म चल्ने फेष्टिभलको शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उद्घाटन गरे । दक्षिण एशियामै पहिलोपटक आयोजना गरिएको फेष्टिभलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले फेष्टिभलले नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने बताए । उनले नेपाल… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैँ छ कारोबार हेर्नुहोस ?

सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

गाउँका सार्वजनिक चौतारीमा निःशुल्क इन्टरनेट सेवा

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल इन्टरनेटको सुविधा दिन वडा कार्यालयले निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको हो । सो सेवा सञ्चालनमा आएपछि फुर्सदको समय, दिउँसो गर्मीयाममा शीतल छहारीमा बसेर नयाँ–नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन गर्ने प्रयोगकर्ता बढेका छन् । अहिले वडाका दुईवटा चौतारी नौगाउँ चौपारी र गैरीमा इन्टरनेट जोडिएको छ । इन्टरनेटको भुक्तानी… पुरा पढौ

‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल-चीन सम्बन्धमा नयाँ सुत्रपात : पर्यटनमन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन् । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उनले बताए । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उनले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताए । पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे । उनले… पुरा पढौ

चितवन भित्रिने पर्यटकको सङ्ख्या बढ्दै

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या कम देखिने गर्दछ । पर्यटनविद्हरुले गरेको सूक्ष्म अध्ययनले भने जिल्लामा वार्षिक सात लाखभन्दा बढी पर्यटक भित्रिने गरेको देखाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन् । यीमध्ये एक लाख ९८ हजार… पुरा पढौ

आइसीसी विश्वकप एकदिवसीय क्रिकेट : नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

असार ७ काठमाण्डौं । आइसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट अन्र्तगत नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ । जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ३ विकेट लिए । यसअघि हरारेमा… पुरा पढौ

एघार महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे

काठमाण्डौं । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) ७१ वन्यजन्तु मरेका हुन् । कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक र दलदलमा परेर एक वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यस्तै… पुरा पढौ

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाण्डौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । छलफलका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे । उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै… पुरा पढौ

नेप्से परिसूचकमा साधरण सुधार, चार दशमलव ७५ अङ्कले बृद्धि

काठमाण्डौं । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ… पुरा पढौ