देश

सुनको भाउ बढ्यो, चाँदी दुई दिनदेखि स्थिर

सुनको भाउ आज सामान्य बढेको छ । साताको तेस्रो दिन आज सतोलामा एक सय रुपैयाँले बढेर सुनको भाउ आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी ,चाँदीको भाउ भने दुई दिनदेखि स्थिर छ । चाँदी आज पनि तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान

जेठ १ काठमाण्डौं । प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझाव अनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत् तत्… पुरा पढौ

नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको मागसहित देशव्यापी अभियान

काठमाण्डौं । मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । ‘नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाऊ : सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याऊ’ भन्ने आह्वानसहित समाजले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘ठूला नेता मिलेका : अरब अरब निलेका’, ‘शीर्ष नेताको सम्पत्ति छानबिन गर’, ‘शीर्ष नेता भ्रष्ट छन्… पुरा पढौ

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौँको बूढानीलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । रायमाझीलाई वैशाख २० गते पक्राउ पूर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको… पुरा पढौ

सामान्य अङ्कले घट्यो नेप्से

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा रू ७२ करोड ४९ लाख ६९ हजार नौ सय ८० बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको… पुरा पढौ

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु आज बिहान १०ः०५ बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ । उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि… पुरा पढौ

अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेका हो । प्राधिकरणको उक्त निर्णयानुसार आजदेखि नेपालमा दर्ता नभएका मोबाइल फोन सञ्चालनमा आउदैन् । यस्तै वैदेशिक रोजगारीमा छ महिना काम गरेर फर्किएका नेपालीले मात्रै दुई मोबाइल फोन ल्याउन पाउनेछन् । भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै निःशुल्क… पुरा पढौ

वैशाख मसान्तको वर्षाले राहत

पानी नपर्दा खेतीपातीको काम गर्न नपाएका महोत्तरीका किसान गएरातिको वर्षाले जुर्मुराएका छन् । वैशाख मसान्त रातिको वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब खेतीपातीका काम अघि बढ्ने आशले किसान जुर्मुराएका हुन् । वर्षाले खेतीपातीसँगै बढेको गर्मीबाट पनि राहत दिएको छ । “यसपालि पूरै हिउँद त्यतिकै पानी नपरी बित्यो, गत चैतमा अलिअलि झारेझुर्रे पानी परेपनि माटो गाल्नेगरी परेको थिएन”, बर्दिबास–६ जुरेटोलका किसान धनसिंह क्याप्छाकीले भने, “अब चैँं खेतबारी खनजोत गर्न पाइने भइयो ।” पूरै हिउँद पानी नपरी बित्दा खेतबारी सुकेर जोत्न… पुरा पढौ

आजदेखि बढेको चिकित्सकको परामर्श शुल्क कति तोकियो ?

काठमाडौ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए । सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य… पुरा पढौ

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वैशाख १० गते सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी सङ्गठनको रणनीति र… पुरा पढौ