देश

नक्कली भूटानी प्रकरणमा बयान सुरू

जेठ १२ काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि बयान सुरू भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतबार पनि बयान जारी रहनेछ । नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ ।… पुरा पढौ

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सङ्गठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका छन् । प्रधानसेनापति शर्माले भने, “युएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका पार्टस् आवश्यकताका आधारमा सम्बन्धित देश वा नजिकको बजारबाट सुलभ मूल्यमा खरिद गरिनु स्वभाविक भएकाले बजारको अध्ययनका कुरा हुनसक्ने भए पनि हतियार भने… पुरा पढौ

स्थानीय तहका जनप्रतिनिधिका लागि एमालेको अनुशिक्षण

नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आजदेखि दुईदिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सो पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासलमा आयोजित दोस्रो अनुशिक्षण कार्यक्रममा स्थानीय तहमा बजेट निर्माण गर्ने समय आएको सन्दर्भमा पार्टीका अध्यक्ष केपी शर्मा ओली, पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइने छ । कार्यक्रममा पार्टीबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चार सयको सहभागिता रहने छ । जनप्रतिनिधिलाई स्थानीय तहको अन्तरसम्बन्ध,… पुरा पढौ

हुम्लाको दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा

हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन् । यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुुगेर विभिन्न सेवा प्रदान गरेको हो । यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन् । गाउँपालिकाले यस वर्ष घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको… पुरा पढौ

एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए । प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद लेखनाथ दाहालले आरोप… पुरा पढौ

सुनको भाउओरालो लाग्दै, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । तोलामा सुन १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने

जेठ ११ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन गर्ने निर्णय गरेको उनले जनाए । प्रदेश खेलकुद परिषद गण्डकीसँगको सहकार्यमा आयोजना गर्न लागेको तालिममा आइसिसिका एम्पायर तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ… पुरा पढौ

घरभाडा आधा घटाउन घरधनीलाई सिटी रेवान पोखराको अपिल

पोखरा, जेठ ११ पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ । सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले विहीबार पत्रकारसँग कुरा गर्दै घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् । आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने बताए । एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने… पुरा पढौ

कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत

काठमाण्डौं । सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्किएका छन् । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुगेका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उनलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गरेका हुन् । आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै यसले देशको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । सगरमाथामा कायम भएको विश्वकीर्तिमानले नेपालको पर्वतारोहण र साहसी पर्वतारोहीको हौसला प्रदान… पुरा पढौ

रुकुम पश्चिम दुर्घटना : मृतक पाँचै जनाको पहिचान खुल्यो

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका– ८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक… पुरा पढौ