देश

डाटा रिकभरी नभएपछि आयोगद्वारा पुनःदरखास्त आह्वान

काठमाण्डौं । लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टरमा रहेको तथ्याङ्क हराएपछि आज उम्मेदवारका लागि पुनःदरखास्त आह्वान गरेको छ । आयोगले डाटा सेन्टरबाट पहिले दरखास्त बुझाएको फारामको तथ्याङ्क हराएकाले उम्मेदवारलाई पुनःदखास्त गर्न आह्वान गरिएको आयोगका सूचना अधिकरी देवीप्रसाद सुवेदीले जानकारी दिए । उनले डाटा रिकभरी गर्न नसकिने भएपछि पुनःदरखास्त गर्नुपरेको बताए । “डाटा सेन्टरमा अवस्थित पूर्वाधारमा विसं २०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् डाटा सेन्टरबाट डाटा रिकभरीको कार्य भइरहेको तर प्रक्रिया कहिलेसम्म पूरा हुने र… पुरा पढौ

सत्ता गठबन्धनमा नीति कार्यक्रम र बजेटका बारेमा छलफल

काठमाण्डौं । सत्तागठबन्धन आबद्ध दलका बीचमा बजेट पूर्वको छलफल, सरकारको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण र बजेटलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटलाई नतिजामुखी बनाउने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “आर्थिक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने, आर्थिक व्यवस्थापन कसरी गर्ने, बजेटलाई राम्रो बनाउने, जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरी बजेटको व्यवस्था गर्ने बारेमा मूलतः छलफल भयो”, बैठकपछि उनले भने । राष्ट्रपति रामचन्द्र पौडेलले… पुरा पढौ

सुडानमा रहेका नेपाली नागरिकको उद्धार र घर फिर्तीको प्रयास जारी

काठमाण्डौं । नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ । यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट यही वैशाख १७ मा जेद्दा सहर पु¥याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेद्दा पुगेका १९ जनामध्ये छ जना नेपाली नागरिक हिजो मङ्गलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् । नेपाल फर्कन प्रतिक्षारत… पुरा पढौ

देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् । आज साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताए । लोकार्पणमा प्रधानमन्त्री प्रचण्डले भने, “जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ । त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो । संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए । मधेस… पुरा पढौ

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

वैशाख २०काठमाण्डा । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतवार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वैशाख २४ गते दिउँसो ४ बजे आह्वान गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभाका सांसद र राष्ट्रिय सभाका सदस्यलाई तोकिएको मिति, समय र ठाउँमा त्यस दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमले निकालेको सूचनामा उल्लेख छ । बर्खे अधिवेशनका रूपमा रहेको यस अधिवेशनको सुरुमै पूर्वबजेट छलफल हुनेछ । यस… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिदै

पोखरा, बैशाख २० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विहीबार विश्वासको मत लिदैछन् । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मुख्यमन्त्री बनेको एक हप्तामै विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानमा मुख्यमन्त्री बनेको ३० दिन भित्र विश्वासको मत लिईसक्नुपर्ने ब्यबस्था छ । एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने भएपनि मुख्यमन्त्री पाण्डेले एक हप्तामै विश्वासको मत लिने भन्दै त्यसका लागि व्यवस्था मिलाउन गण्डकी प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन् । गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने उद्देश्यसहित गण्डकी प्रदेश सभाको… पुरा पढौ

बुद्ध जयन्तीको अवसरमा याङ्जाकोटमा भोलिदेखि बैशाख पूर्णिमा मेला लाग्ने

पोखरा, बैशाख २० कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा भोलिदेखि मा बैशाख पूर्णिमा मेला आयोजना हुँदैछ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर मेला आयोजना गर्न लागेको हो । भोलिदेखि शुरु हुने मेला तीन दिनसम्म अर्थात बैशाख २३ गतेसम्म जारी रहने आयोजक याङ्जाकोट मिलन युवा क्लबले जनाएको छ । मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित मेलाका अवसरमा सांस्कृतिक कार्यक्रमसँगै भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, छेलो (ठेलो) हान्ने प्रतियोगिता, हाफ म्याराथन तथा सामुहिक नृत्य प्रतियोगिता… पुरा पढौ

वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस

सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही वैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसिसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललार्ई जनही रु तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण… पुरा पढौ

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।… पुरा पढौ

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको… पुरा पढौ