देश

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई बुधबार भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी… पुरा पढौ

सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाइसक्न महानगरलाई सर्वोच्चको आदेश

काठमाण्डौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको आवास क्षेत्रको फोहोर तीन दिनभित्र उठाइसक्न सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै महानगरपालिकालाई फोहोर उठाउन भनेको हो । “संवैधानिक र कानुनी व्यवस्थाअनुसार फोहोर सङ्कलन गरी विसर्जन गर्नुपर्ने दायित्व स्थानीय तहलाई सुम्पेको देखिँदा स्थानीय तहको हैसियतमा सो दायित्व काठमाडौँ महानगरपालिकाको देखिन आयो”, सर्वोच्चको आदेशमा भनिएको छ, “तसर्थ रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोर यो आदेश प्राप्त भएको मितिले… पुरा पढौ

गण्डकी सरकारको एक सय दिनको उपलब्धी के के ?……..

पोखरा, बैशाख ८ गण्डकी प्रदेश सरकारले हनिमुन पिरियडमा सरकारका सामान्य कामलाईपनि उपलब्धीका रुपमा राखेको छ । सरकार बनेदेखि कहिले मन्त्रालय घटाउन त कहिले मन्त्री चयनका लागि प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली गुहार्न काठमाडौं धाएर समय खेर फालेका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो एक सय दिने उपलब्धीमा सामान्य अनि नियमित कामलाईसमेत समावेश गरेका हुन् । आफू नेतृत्वमा सरकार बनेको दुई महिनामै अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले एक सय दिनको १४ बुँदे उपलब्धीमा मन्त्रालय संख्या घटाउनेदेखि ऐन बनाउनेसम्मका कामहरु राखेका हुन् ।… पुरा पढौ

कोरोना सङ्क्रमणबाट थप १ जनाको ज्यान गयो

देशभर पछिल्लो २४ घण्टामा थप एक सय छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय ८३ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ४६ जना सङ्क्रमित निको भएका छन् । अहिले कोरोना… पुरा पढौ

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । संवैधानिक परिषद्मा सहमति जुट्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन । प्रधानमन्त्री दाहालले बुधबार बिहान संवैधानिक परिषद् बैठक बोलाएका थिए । बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि निर्णय भएन । रासस पुरा पढौ

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो… पुरा पढौ

आजको मौसम: हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक… पुरा पढौ

गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे । उनले भने, “तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।” अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उनले विकासका लागि समेत ढुक्क रहन आग्रह गरे । “चितवन ऐतिहासिक जिल्ला हो । जिताएर पठाउनुस्, अरु हामी गर्छाँै । जीतनारायण श्रेष्ठ काम गरेको… पुरा पढौ

१५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन

काठमाडौ । देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । पञ्जीकरण सप्ताहका अवसरमा युनिसेफ र महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा इन्टरनेटको समस्याका कारण एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको जानकारी गराइएको हो । सो अवसरमा छ हजार पाँच सय ८४ वडामा अनलाइन माध्यमबाट व्यक्तिगत घटना दर्ता हुने गरेको जानकारी गराइएको थियो ।… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिदै

पोखरा, बैशाख ७ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख ९ गते विश्वासको मत लिने भएका छन् । माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले बैशाख ९ गते विश्वासको मत लिने भएका हुन् । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमापनि माओवादीले चैत १० गते विश्वासको मत फिर्ता लिएको थियो । अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने कि नलिने… पुरा पढौ