देश

सुनको मूल्यमा वृद्धि, तोलामा कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरि,चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् । नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले आफू कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताए । “सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका छ । यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ”, उनले भने । प्रधानमन्त्री दाहालले सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा… पुरा पढौ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्का वर्षा भइरहेको प्रभावले बदली र वर्षा गराएको अहिले कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा… पुरा पढौ

नीति तथा कार्यक्रम एवं बजेट छलफल कर्मकाण्डी : अध्यक्ष तिमिल्सिना

काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा हुने छलफल कर्मकाण्डीजस्तो भएको बताएका छन् । स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आज यहाँ आयोजित जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “संसद्मा नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ, यस क्रममा कतिपय समेट्नुपर्ने सुझाव पनि आएका हुन्छन् तर त्यसमा केही हुँदैन, छलफल मात्र हुन्छ ।” उनले बजेटमा पनि त्यस्तै हुने र बजेट पेश भइसकेपछि त्यसमा घटबढ गर्नुपर्ने कुरा सुझावका रुपमा आए पनि त्यसमाथि… पुरा पढौ

भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

जेठ ९ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ । उक्त घटनामा… पुरा पढौ

नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज : प्रधानमन्त्री प्रचण्ड

जेठ ९ पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताएका छन् । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०÷८१ का लागि नेपाल सरकारको नीति कार्यक्रममाथिको छलफलमा सदस्यहरूले उठएका प्रश्नको जवाफमा उनले नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा रहेकाले युगान्तकारी दिशामा अगाडि बढ्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताए । “यो नीति कार्यक्रम सबैको… पुरा पढौ

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ । रासस पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले आज बजारमा हरियाली छाएको हो । कूल ६० लाख ६७ हजार… पुरा पढौ

प्रधानमन्त्री नआउने भएपछि पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित

पोखरा, जेठ ९ पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थागित भएको छ । संघीयताको प्रभावकारी कार्यान्वयन गरी प्रदेशलाई बलियो बनाउनका लागि प्रधानमन्त्रीलाई दवाब दिने उद्देश्यले यहि जेठ १० गते बुधबारदेखि आयोजना हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको जनाएको छ । बैठक अचानक किन स्थगित गरियो भन्नेबारेमा भने विज्ञप्तीमा केहिपनि खुलाइएको छैन । मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी… पुरा पढौ

काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा आज प्रधानमन्त्री प्रचण्डले भने, “वन व्यवस्थापनसम्बन्धी विभिन्न अध्ययनअनुसार हाल नेपालमा वार्षिक करिब छ करोड क्युबिक फिट काठको आवश्यकता छ । हामीले वनको दिगो व्यवस्थापन गर्न सक्ने हो भने सामुदायिक वनबाट मात्रै वार्षिक १० करोड ११ लाख क्युबिक फिट काठ उत्पादन गर्न सकिने रहेछ ।”… पुरा पढौ