कास्की । नेपाल मगर सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा तारामाया थापामगर सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न सङ्घको दोस्रो अधिवेशनले उनको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मनिराज थापामगर, उपाध्यक्षमा दानबहादुर थापामगर, महिला उपाध्यक्षमा पवित्रा थापामगर र भाषिक उपाध्यक्षमा जगन पुनमगर रहेका छन् । त्यस्तै प्रमुख सचिवमामा नन्दु थापामगर, सचिवमा कृष्णबहादुर थापामगर, महिला सचिवमा सङ्गीता पुनमगर, कोषाध्यक्षमा उत्तमप्रसाद बडावल मगर, सहकोषाध्यक्षमा ज्ञानीसरा रानामगर र यामकुमारी गर्बुजा मगर चयन हुनुभएको सङ्घले जनाएको छ ।…
पुरा पढौ