देश

सरकारको मुख्य कार्यभार सुशासन: मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गदै उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताएका छन्। उनले भने, “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरुप अघि बढेको छ ।” भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए । उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ । “भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण,… पुरा पढौ

यस वर्षको सगरमाथा आरोहण शुरु

यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्ट)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । “सगरमाथा समिटसम्मको रुट फिक्सिङ… पुरा पढौ

नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति

चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ्ख्या हो । प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय… पुरा पढौ

प्रमुख तीन क्षेत्रले कर्जा पुनःसरचना गर्न पाउने

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै वास्तविक क्षेत्रको कर्जा र अन्य क्षेत्रको रु पाँच करोडसम्मको कर्जालाई पुनर्संरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो । “अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताका… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । साताको छैटौं दन आज सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घलका अनुसार हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो । विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए । उनी अविवाहित हुन्। विसं २०६२ ६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । उनको… पुरा पढौ

वित्तीय लगानीसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु

काठमाण्डौं । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । सो अवसरम प्रधानमन्त्री दाहालले अहिले सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेकाले स्रोत पहिचान र लगानी अवधारणाको खोजी गर्न यो सम्मेलनले पृष्ठपोषण गर्ने बताए । वित्तीय लगानीका नयाँ नयाँ स्रोत तथा अवधारणा खोज्न… पुरा पढौ

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाण्डौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको एकीकृत वार्षिक कार्ययोजनाबारे छलफल गरिने छ । आजको केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकले एकीकृत वार्षिक कार्ययोजना बनाउने छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । रासस पुरा पढौ

एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफल हुने

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् । सात प्रदेश र एक गैरभौगोलिक समूह… पुरा पढौ

सञ्चारकर्मी मिलन तमुलाई पितृशोक

वैशाख २८ पोखरा । सञ्चारकर्मी मिलन तमुलाई पितृशोक परेको छ । बेलायतबाट सञ्चालित गोर्खा मिडिया डटकमका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार तमुलाई पितृशोक परेको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पुरानो घर भएका गुरुङको बुधबार दिउँसो ३ बजे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । गुरुङ पछिल्लो समय पोखरा महानगरपालिका– २७ रिठ्ठेपानी बस्दै आएका थिए । विगत केही वर्षदेखि पेट र छातीसम्बन्धी समस्याबाट ग्रसित गुरुङको ९३ वर्षको उमेरमा निधन भएको हो । गुरुङ छ गोर्खा राइफल्सको अवकाश… पुरा पढौ