देश

सत्तारुढ गठबन्धनको बैठक : विधेयक र विश्वासको मतबारे छलफल

काठमाण्डौं । बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । यस्तै बैठकमा सोमबार प्रधानमन्त्री प्रचण्डले लिन लाग्नुभएको विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको प्रेस संयोजक शर्माले जानकारी दिए । यस्तै बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । बैठकमा… पुरा पढौ

नेताको चरित्र सच्चिन आवश्यक छ : नेता पोखरेल

झापा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताएका छन् । झापा क्षेत्र नं १ अन्तर्गत ‘सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को मेचीनगरमा उद्घाटन गर्दै उनले भने, “पार्टी र जनताबीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान सुरु भएको छ, नागरिक–नागरिकबीचको असमानताको खाडललाई पुर्नका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।” उनले जनताको समस्याको साझेदारका रूपमा माओवादी केन्द्रले उक्त अभियान सुरु गरेको बताएका छन्… पुरा पढौ

लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्वपूर्ण : प्रवक्ता महत

काठमाण्डौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनमा उहाँले विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन शिक्षकको भूमिका विशिष्ठ भएको भन्दै थप गम्भीर बन्न शिक्षकहरूलाई आग्रह गरे। उनले सङ्घीय शिक्षा ऐन छिट्टै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । बागमती प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले सङ्घीय शिक्षा ऐन जारी गर्नका लागि पार्टी र आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त… पुरा पढौ

‘आगामी वर्षदेखि खेल क्षेत्रमा वजेट विनियोजन हुन्छ’ : नगर प्रमुख सुवेदी

तनहुँ । तनहुँको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराम सुवेदीले आगामी वर्षदेखि खेल क्षेत्रमा वजेट विनियोजन गर्ने आश्वासन दिएका छन् । भिमादमा आजदेखि सुरू भएको दाश्रो जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । स्थानिय सरकारसंग वजेटको आकार सिमित हुने भएकोले खेलकुद जस्तो महत्वपूर्ण क्षेत्रको दिगो विकासका लागि पहल गर्न असमर्थ भएको स्विकार्दै उनले आगमी वर्षदेखि स्थानिय सरकारले खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विगतका वर्षहरुमा भन्दा केन्द्र सरकारले… पुरा पढौ

पोखरा-२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न

पोखरा, चैत ३ पोखरा महानगरपालिका वडा नम्बर–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२६ को आयोजनामा जलधारे र सक्नेरीमा दुई ठाउँमा छुट्टाछुट्टै आयोजित त्रिवसीय उद्घोषण तालिम शुक्रबार सम्पन्न भएको हो । चैत १, २ र ३ गते आयोजित तालिममा पत्रकार द्वय घनश्याम पाण्डे र सन्देश श्रेष्ठले सहजीकरण गरेका थिए । दुबै ठाउँमा आयोजित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै उनीहरुलाई बोल्न सक्ने… पुरा पढौ

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए । उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान सकिएसँगै मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ मत खसेको थियो । पुरा पढौ

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो । मतगणनापछि आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका छन्। नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र… पुरा पढौ

उपराष्ट्रपति निर्वाचन: मतदान सम्पन्न

मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको थियो । केहीबेरमै सोही स्थलमा मतगणना प्रारम्भ हुने र आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको… पुरा पढौ

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरे । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो । सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको… पुरा पढौ

सरकारद्वारा सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण

काठमाडौँ ३ चैत । नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ ।  मन्त्रिपरिषद्को निर्णयानुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरी बिदा तथा कार्यालय समय निर्धारण गरेको हो । मन्त्रालयले नववर्ष, उभौली, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, दशै (कात्तिक ४ देखि ९ सम्म), तिहार (कात्तिक २६ देखि ३० सम्म), छठ, क्रिसमस, उधौली, तमु ल्होसार, माघी, सोनाम ल्होसार, ग्याल्पो… पुरा पढौ