तनहुँ । तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरिसके भने बाँकी स्थानीय तहले तयारी गरेका छन् । जिल्ला खेलकुद विकास समिति तनहुँले सबै पालिकालाई रनिङशिल्ड प्रतियोगिता गर्न आग्रह गरेको छ । प्रदेश खेलकुद परिषद्को निर्णयानुसार फागुन १५ गतेभित्र जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरी जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका…
पुरा पढौ