देश

भनसुन गर्न आउने कर्मचारीको जागिर नै धरापमा पारिदिने उप–प्रधानमन्त्री श्रेष्ठको चेतावनी

पोखरा, फागुन ५ उप–प्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको गति बढाउन निर्देशन दिएका छन् । शुक्रबार पोखरा आएका मन्त्री श्रेष्ठले समृद्धिको गति धिमा भएको भन्दै यसको गति बढाउन सडक कार्यालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । राज्य र समाजले विकास र समृद्धि खोजेको भन्दै उनले भने,‘ तर समृद्धिको गति धिमा छ । यहि तरिकाले जनताको समृद्धिको आकांक्षा पूरा हुँदैन । त्यसले फड्को मार्नेगरी काम गर्नुस् ।’ उनले समृद्धिको आकांक्षा पूरा गर्नका लागि गुणात्मक हस्तक्षेप गर्न आवश्यक रहेको बताए ।… पुरा पढौ

फिर्के पुल समयमै निर्माण सम्पन्न गर्न ठेकेदारलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

पोखरा, फागुन ५ पोखरा–हरिचोक सडक बिस्तार भएको पाँच वर्ष भयो । दुई लेनको सडक ६ लेनको भएपछि केहि सहज भएको छ । तर त्यहि सडकको बिचमा एउटा बोटल नेक ९साँघुरो० पुल छ । जुन पुलका कारण बारम्बार दुर्घटना हुँदा आधा दर्जन बढीको ज्यान गइसकेको छ भने कयौं घाईते भएका छन् । बाटो अनुसारको पुल बनाउनका लागि पाँच वर्ष अघि नै सम्झौता भएको हो । तर पाँच वर्षमा दुई पटक म्याद थप्दापनि पुल निर्माण सम्पन्न हुनु त परको कुरा, एक छेउपनि… पुरा पढौ

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

बीरेन्द्रनगर । उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याए । उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले भने, “हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ । वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९… पुरा पढौ

नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २३ घाइते

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय… पुरा पढौ

‘पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पृथ्वीचोकसम्म विमानस्थलकै गाडी चलाउने कुरा भइरहेको छ’

पोखरा, फागुन ५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्र्तराष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि प्रयास भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले विहीबार पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरालाई अन्र्तराष्ट्रिय सञ्जालसँग जोड्नका लागि विभिन्न देशहरुसँग कुरा भईरहेको बताएका हुन् । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको सम्भावना राम्रो छ, उनले भने,‘चीन र भारतका महामहिमहरुसँग मैले कुरा गरेको छु । पोखराको भगिनी सम्बन्ध रहेको चीनको शहर, राजधानी बेईजिङ, तिब्बतका सहरहरुसँग हवाई सम्बन्ध जोड्ने प्रयास… पुरा पढौ

आइसिसी: नेपालले स्कटल्याण्डसँग खेल्ने

आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने साेचका साथ मैदानमा उत्रनेछ । यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । कीर्तिपुरखेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र एमाले ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा दुई नेताहरुबीच राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिदैँ आएको छ। पुरा पढौ

कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गर्राएका हुन् । प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गर्राएका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । रासस पुरा पढौ

पोखराको पाल्पा भैरव फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षेती, २ घाईते

पोखरा, फागुन ४ पोखराको एक फर्निचर उद्योगमा गएराती आगलागी भएको छ । पोखरा औद्योगिक क्षेत्रको पछाडीपट्टी रहेको पाल्पा भैरव फर्निचर उद्योगमा आगलागी भएको हो । राती करीब १२ बजेतिर भएको आगलागीका कारण फर्निचर उद्योग जलेर नष्ट भएको छ । उद्योगमा आगलागी हुँदा २ जना मजदुर घाईते भएको पाल्पा भैरव फर्निचर उद्योगका सञ्चालक दीपककुमार कार्कीले जानकारी दिए । आगलागीमा परि उद्योगकै आवासमा बस्दै आएका मजदुर राहुल गुरुङ र आशिष गुरुङ घाईते भएका छन् । घाईतेमध्ये राहुलको गण्डकी मेडिकल कलेज (जिएमसी)मा र… पुरा पढौ

बालेन शाहलाई जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउनको संवैधानिक इजलास आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आयोगले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले आयोगसमक्ष लिखित जवाफसमेत माग गरेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको उल्लेख… पुरा पढौ