देश

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउछन् । सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताए ।… पुरा पढौ

पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा. जया श्रेष्ठले जानकारी दिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन्। उनको मङ्गलबार पशुपति… पुरा पढौ

राष्ट्रपतिका विषयमा सहमति भएको छैन : उपाध्यक्ष सापकोटा

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति विना राष्ट्रपति चयन हुन नसक्ने बताए । राष्ट्रपति कुन दल वा व्यक्तिलाई हो भनी हालसम्म कहीँ कसैसँग सहमति नभएको र राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको जानकारी दिए । परिस्थिति जटिल, पेचिलो बन्दै गएको र सहमतिबाटै राष्ट्रपति चयन गर्न अध्यक्ष एवं… पुरा पढौ

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । उनले भने, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।”महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताए । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख… पुरा पढौ

गण्डकीमा मानव अधिकार उलंघन : तनहुँमा सबभन्दा धेरै, मनाङमा कम

पोखरा, फागुन ७ गण्डकी प्रदेशमा सबैभन्दा धेरै मानव अधिकार उलंघन तनहुँमा हुने गरेको पाइएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले आईतबार तथ्याङ्क सार्वजनिक गर्दै गण्डकीमा सबैभन्दा धेरै तनहुँमा र सबैभन्दा कम हिमाल पारिको जिल्ला मनाङमा मानव अधिकार उलंघटनका घटना भएको जनाएको हो । ईन्सेक गण्डकीका अनुसार सन् २०२२ मा तनहुँमा ११६ वटा मानव अधिकार उलंघनका घटना घटेका छन् । त्यसमध्ये राज्य पक्षवाट ८ जना पुरुष र अन्य पक्षबाट १ सय ८ जना पीडित भएका… पुरा पढौ

गणतन्त्र र संविधान आत्मसाथ नगर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको स्टेटमेन्टको कुनै औचित्य छैन : गुरुङ

पोखरा, फागुन ७ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको टिप्पणी गरेका छन् । प्रेस सेन्टर नेपाल कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गणतन्त्र र संविधानलाई आत्मसाथ नगरेका पूर्व राजा ज्ञानेन्द्रको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको बताएका हुन् । प्रजातन्त्र दिवसको अघिल्लो दिन साँझ पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि दलहरु र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए । सोहि विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा उनले… पुरा पढौ

सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति : गुरुङ

पोखरा, फागुन ७ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबैलाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सबै दललाई स्वीकार्य व्यक्ति नै राष्ट्रपति हुने बताएका हुन् । तर त्यस्तो व्यक्ति पछिल्लो परिवर्तन, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानप्रति प्रतिबद्ध हुनुपर्ने उनको भनाई थियो । महासचिव गुरुङले मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुनसक्ने खतरा रहेकाले त्यसबाट जोगिनपनि साझा राष्ट्रपति आवश्यक रहेकोमा जोड दिए । दलको कार्यकर्ता राष्ट्रपति हुँदा हिजोका… पुरा पढौ

सातौँ निर्वाचन दिवसः एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्दै

काठमाण्डौं । निर्वाचन आयोग निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ । सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी दिए । उनले यस वर्षका निर्वाचन सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको उल्लेख गर्दै… पुरा पढौ

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नामिबिया विरुद्ध नेपालको दाश्रो जित

काठमाण्डौंं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो । नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१… पुरा पढौ

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाण्डौं । महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी हुन् । यसअघि राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा… पुरा पढौ