देश

बेलबारी गोल्डकपः पोखराको साहारा क्लव टाइब्रेकरमा एपिएफसंग पराजित

मोरङ । पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा पोखराको साहारा क्लव सशस्त्र प्रहरी (एपिएफ) संग टाइब्रेकरमा पराजित भएको छ । सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गरि एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा एपिएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दीपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए । त्यसैगरी सहारा क्लबका लागि दीपेश आलेमगर, सरोज योञ्जन, जय गुरूङ तथा अजित भण्डारीले गोल गरेका थिए भने आशिष गुरुङको गोल गर्नबाट चुकेका थिए । एपिएफका लागि नवीन… पुरा पढौ

बैदाममा गठबन्धनका उम्मेदवार जिताउन काँग्रेसको ५११ जनाको चुनाब प्रचार समिति

गणेश पहारी । पोखरा, कात्तिक २० । नेपाली काग्रेस पोखरा महानगर पालिका वडा नं–६ बैदामले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई लक्ष्य गर्दै वडादेखि टोल तहसम्म प्रचार प्रसारका लागि २० वटा उपसमिति गठन गरेको छ । पार्टीको प्रचार प्रसार समितिको शनिबार बसेको पहिलो बैठकले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सो समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी गराउन आयोजना गरिएको भेटघाट कार्यक्रममा उपलब्ध गराइएको विवरणमा इकाई सभापति सन्तोष पौडेलको संयोजकत्वमा ५ सय… पुरा पढौ

उम्मेदवार रामजी बराल : सहिदका सच्चा अनुयायी

पोखरा, कात्तिक २० जनयुद्धमा कयौं सहिद भए । कयौं वेपत्ता भए । जसका कारण छोराछोरी गुमाउने बेसहारा बने । अभिभावक गुमाउने टुहुरा बने । जनयुद्धको बलमा देशमा ब्यबस्था बदलिएर गणतन्त्र आयो । संविधान बन्यो । देश संघीय प्रणालीमा गयो । धर्मनिरपेक्षता र समावेशीता त्यहि जनयुद्धको देन हो । जनयुद्धमा ज्यान गुमाउनेलाई राज्यले बिर्सियो । वेपत्ता हुनेको खोजी भएन । जसका कारण सहिद र वेपत्ता परिवार अहिलेपनि आहत छन् । तर कास्की क्षेत्र नम्बर ३ का गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रामजीप्रसाद… पुरा पढौ

जीपलाइनमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ । बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल पनि परिवारसहित उक्त स्थानमा पुगे । आफूलाई यस्ता साहसिक खेलप्रति रुचि भएकोले बिदाको समय मिलाएर खेलको मनोरञ्जन लिन आएको उनले बताए… पुरा पढौ

कास्की क्षेत्र नम्वर २ (१)का मतदाता भन्छन्–‘भुगोल बुझेका आफ्नै क्षेत्रका एमाले उम्मेदवार भिम कार्की’

पोखरा,२० कार्तिक । कास्की क्षेत्र नम्वर २ (१)का मतदाताले नेकपा (एमाले)को तर्फबाट सो क्षेत्रमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भूगोल बुझेको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् । आफ्नो क्षेत्रमा रहेका पोखरा महानगरपालिकाका पाँच वटा वडामा मतदाताहरुसँग भेटघाट गर्ने क्रममा उम्मेदवार कार्कीलाई आफ्नै क्षेत्रको धर्तीपुत्रलाई उम्मेदवार बनाएको भन्दै एमालेलाई धन्यवाद दिएका छन् । भुगोल बुझेको उम्मेदवारले मात्रै विकासको प्रक्रिया बुझ्ने र भुगोल बाहिरको उम्मेदवार आफुहरूको रोजाइमा नपर्ने मतदाताको भनाई छ ।अन्य दलहरूले भुगोल… पुरा पढौ

मतदाता शिक्षा दिँदै स्वयंसेविका

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमूलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिए । सधैँजसो जनस्वास्थ्यका अभियानको सन्देश बोकेर आफ्नो टोलका घर–घरमा पुग्नुहुने उनले यसपटक भने नौलो अभियान लिएर घरदैलो गरिरहेका छन । जनस्वास्थ्यका अभियान चलेका बेला थापाको झोलामा सचेतनामूलक सामग्री हुन्थे । सुत्केरी आमा, नवजात शिशु, बृद्धबृद्धाको हेरचाह र बयस्कलाई विभिन्न रोगबाट जोगिनका लागि सिकाउँदै हिँड्नुहुने थापा यस पटक मताधिकार कसरी प्रयोग गर्ने भनेर घरदैलोमा पुगेका हुन ।… पुरा पढौ

उम्मेदवारलाई धन्यवाद भन्दै मतदाताले मागे कालोपत्रे र खानेपानी

पोखरा, २० कात्तिक सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् । कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल (जीवन)ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलबोट अस्ताम, धिताल धुम्पुस… पुरा पढौ

नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले हो : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् । “नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ”, एमाले अध्यक्ष ओलीले भने, “देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।” देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना… पुरा पढौ

निर्वाचनपछि पनि गठबन्धनकै सरकार : प्रधानमन्त्री देउवा

डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।” सो अवसरमा प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए । प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ… पुरा पढौ

कास्कीकोटको खानेपानी समस्यामा ध्यान दिन्छु : बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं। ३ ९ख० का उम्मेद्वार प्रकाश बरालले गुण्टीचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्वना भएको बताएका छन् ।पोखरा महानगरपालिका वडा नं। २४ मा शनिबार घरदैलो गरेपछि गुण्टेचौरमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । विगतमा नेताहरुले आश्वासन दिएर पूरा नगरेको उल्लेख गर्दै उनले धूलाम्य सडकको आफूले छिट्टै अन्त्य गर्ने स्पष्ट पारे । उनले भने, ‘महानगरपालिका भित्रको सडक अझै पनि यस्तो अवस्थामै रहिरहँदा मलाई निकै दुःख लागेको छ… पुरा पढौ