देश

‘मालिक होईन जनताको सेवक भएर काम गर्दछु’–एमाले नेत्री भट्टराई

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा भएको घरदैलो कार्यक्रममा उनले आवश्यक नीति निर्माणसँगै समृद्धिको अभियानमा जुट्ने मतदातासँग प्रतिवद्धता व्यक्त गरिन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नेपाली पार्टीको अर्जुन दृष्टि भएको उल्लेख… पुरा पढौ

लुम्ले–लान्द्रुकका जनताको अपेक्षा पिचबाटो र पानी

पोखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसँग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीसँग त्यहाँका जनताहरुले पिचबाटो र खानेपानीको अपेक्षा राखेका छन् । ‘हामीलाई पनि नयाँपुल–घान्द्रुकको जस्तै पिच चाहिएको छ ।’ लान्द्रुकमा भएको भेटघाटमा त्यहाँका स्थानियहरुले उम्मेदवारलाई सुनाए । ‘राजीव पहारीले लुम्रे–लान्द्रुक बाटो खन्नुभएको छ, अब पिच गर्ने पनि उहाँले नै हो’उनीहरुको भने ।… पुरा पढौ

‘उम्मेदवारको प्रचारशैली भड्किलो छैन’

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिखेर ८९ उम्मेदवार घरदैलो एवं प्रचारमा छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा १७ जनाको उम्मेदवारी छ भने प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (१)मा आठ जना र २ मा छजनाको उम्मेदवारी छ । निर्वाचन आचारसंहिताका कारण यतिखेर उम्मेदवारको प्रचारशैली विगतमा जस्तो भड्किलो छैन । धानलगायतका बाली भित्र्याउने समय भएका कारण खेत तथा बारी पुगेका मतदातालाई काम गरेकै ठाउँमा पुगी मत माग्नु यतिखेर उम्मेदवारका लागि बाध्यताजस्तै… पुरा पढौ

लोसपाको घोषणापत्र : संविधान संशोधन आवश्यक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ । घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्वका साथ समेटिएको छ । लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको लोसपाले जनकपुरको धार्मिक र… पुरा पढौ

चन्द्रग्रहण : भरणी नक्षत्र र मेष राशिलाई कष्ट

काठमाण्डौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल… पुरा पढौ

‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अल्पकालीन आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी रिटमा कारबाही अघि नबढाउन निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले कार्तिक २४ गते रिट निवेदक र विपक्षी दुवैलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । ‘नो नट अगेन’ अभियानमाथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले निर्वाचन आयोगका नाममा प्रतिबन्ध नलगाउन अल्पकालिन आदेश जारी गरेको हो । नो नट अगेनमाथि प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगले जारी… पुरा पढौ

पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गछौंः उमेदवार बराल

पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने बताएका छन्। कास्कीको माछापुच्छ«े गाँउपालिका विभिन्न पर्यटकीय गाँउहरुको घर दैलो कार्यक्रममा आइतबार पुगेका उमेदवार बरालले पर्यटकीय महत्व रहेको ल्वाङमा पिच सडक निर्माणमा आफ्नो तर्फबाट बिषेश पहल गरी सडक स्तरोन्नती गर्ने बताएका हुन्। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालले भने “यसै चालु आर्थिक बर्षमा ल्वाङ सडक स्तरोन्नतीको लागि एक करोड बजेट विनियोजन… पुरा पढौ

को हुन् रामजीप्रसाद बराल ? उनलाई भोट किन हाल्ने ?

पोखरा, कात्तिक २० पोखरा महानगरपालिका वडा नम्बर–२२ डाँडाथोक, लुकुस्वाँरा निवासी रामजीप्रसाद बराल निष्ठाका राजनीति गर्ने कास्केली राजनितिज्ञ हुन् । सानै उमेरदेखि राजनीतिमा होमिएका उनी वर्गिय पक्षधर हुन् । हुने खाने भन्दा हुँदा खाने वर्गका लागि जीवन सुम्पेका उनले स्थानिय शुक्रराज माविबाट एसएलसी दिए । निम्न वर्गमा जन्म लिएका बराल एसएलसी दिँदासम्मपनि खुट्टामा चप्पलसमेत नलगाई हिंड्थे । निम्न वर्गका सन्तानले भोग्ने समस्या बरालले पनि भोगेका छन् । गरिवीका कारण विहान खायो, बेलुका के खाउँ र बेलुका खायो, विहान के खाउँ भन्दै… पुरा पढौ

जगाउँ फर्क अभियान सुरु गर्नुपर्छ : विन्दुकुमार थापा

कात्तिक २०, पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापालेपोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् । भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यवसाय गर्ने गरी गाउँमा ल्याउने योजना… पुरा पढौ

भेडा मर्न थालेपछि समस्यामा किसान

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए । दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए। ठाडाखानीमा पूर्णबहादुर छन्त्याललेसमेत १७ भेडा मरेका बताए। त्यहाँका करिब तीन दर्जन बढी घरमा परम्परागत रुपमा भेडापालन हुँदै आएको छ । भेडापालनको पकेट क्षेत्रका रुपमा यहाँ सिद्ध… पुरा पढौ