कोहलपुर । रुकुम(पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा सशस्त्र प्रहरीका प्रनाउ श्रेष्ठसहित चालक प्रहरी हवल्दार डाँगी, प्रहरी जवान बुढामगरलाई नेपालगञ्ज लगिएको थियो भने…
पुरा पढौ