देश

जनताका अपेक्षा हामी पुरा गर्छौं : उम्मेदवार बराल

पोखरा, १९ कार्तिक ।कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारसहितको घर दैलो कार्यक्रम उत्साहजनक रुपमा भइरहेको छ । घरदैलो कार्यक्रम अन्तर्गत शनिबार आज पोखरा २० र पोखरा ३३ मा घरदैलो अभियान चलेको पाँच दलीय गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति केशर निर्दोशीले जानकारी दिए ।घरदैलो कार्यक्रम अन्तर्ग पोखरा २० भलाममा कोणसभा सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दे नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की क्षेत्र… पुरा पढौ

गठबन्धनले जितेमात्र देशमा विकासको लहर आउँछ : उम्मेदवार बराल

पोखरा, १९ कात्तिक मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले निर्वाचन जितेपछि मात्रै खानेपानी, सडक लगायतका पुर्वाधारका विकास गर्न सहज हुने उनको भनाई थियो ।कार्यक्रममा प्रदेशसभाका उमेदवार दुर्गादत्त भण्डारीले लामो समय यहि वडामा… पुरा पढौ

ढिकुरे भनेर केपी ओलीले कस्केली जनताको अपमान गरे : मुल्मी

पाेखरा,१९ कात्तिक । नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्कीको अपमान गरेकाे बताएका छन्। पाेखरा-२ मा आज भएकाे गठबन्धनका उम्मेदवारकाे परिचय कार्यक्रममा उनले ओेलीले शुक्रबार भएकाे चुनावी कार्यक्रममा प्रचण्डकाे आलोचना गरि ढिकुरपाेखरीकाे नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेकाे उल्लेख गरे । मुल्मीले सचेत कास्कीवासीले ओली अभिव्यक्तिकाे बिराेध गर्नु पर्ने बताए । स्थिरता र विकासका लागि गठबन्धनले विजयी हासिल गर्नुपर्नेमा जाेड दिए । पुरा पढौ

झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ । सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका बारेमा चिकित्सकीय… पुरा पढौ

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट… पुरा पढौ

तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दै

चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो । जिल्लामा भदौको अन्तिम सातादेखि डेङ्गुको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा ढकालले बताए । डेङ्गुको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र… पुरा पढौ

एमालेलाई बहुमत आवश्यक छ : अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए । “एमाले एक्ललैले बहुमत ल्याउन परेको छ”, अध्यक्ष ओलीले भने, “अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।” विगतमा एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उनले स्पष्ट पारे । “अहिले २०७४ सालमा बमुहत प्राप्त गरेर सरकार चलाउन… पुरा पढौ

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताएका छन् । गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गरे । सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उनको भनाइ थियो ।… पुरा पढौ

सहारा क्लबको देउसी भैलो ७ लाख १७ हजार रुपैयाँ संकलन

पोखरा । तिहार अवसरमा सहारा क्लब पोखराले देउसी भैलो कार्यक्रमबाट ७ लाख १७ हजार रुपैयाँ संकलन गरेको छ । विगत २ वर्ष कोरोनाका कारण संचालन हुन नसकेको देउसी भैलो कार्यक्रम यसपालि ४ दिनसम्म खेलिएको थियो । संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं भन्ने मूलनाराका साथ संचालित कार्यक्रमबाट बचत रकम क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको प्रतिष्ठित सहारा क्लबले दोबिल्लामा संचालन गरेको एकेडेमीमा कठिन… पुरा पढौ

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्रने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त मुद्दामा बुधबारबाट थुनछेक बहस प्रारम्भ भएको थियो । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ मा मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने… पुरा पढौ