देश

मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन : बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका बरालसमक्ष मतदाताले गठवन्धनको कुरा उठाएपछि उनले यस्तो बताएका हुन् । उनले कतिपय कोण र क्षेत्रबाट गठवन्धनप्रति संशय व्यक्त गरिंदै आएपनि यसप्रति शंका नगर्न आग्रह गरे । उनले भने, ‘मूलतः संघीय शासन स्थापनापछिको निर्वाचनले झण्डै दुई तिहाई हैसियत हासिल गरेको सरकारले राजनीतिक स्थायित्व… पुरा पढौ

डेङ्गु सङ्क्रमण ह्वातै घट्यो

काठमाडौँ । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ । वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत मङ्गलबार ९यही कात्तिक १५… पुरा पढौ

केपी ओलीको आरोप : कांग्रेस सत्तामा आउँदा अलच्छिन लाग्छ, अहिलेपनि देशको ढुकुटी रित्तियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्तामा आउने वित्तिकै देशमा अलच्छिन लाग्ने गरेको आरोप लगाएका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो गम्भीर आरोप लगाएका हुन् । कांग्रेस सत्तामा आउने वित्तिकै अलच्छिन किन लाग्छ ? प्रश्न गर्दै उनले अगाडि थपे,‘यिनीहरु आएपछि सहकाल समाप्त हुन्छ, अनिकाल लाग्छ । पैसा हुँदैन । व्यक्तिसँग मात्रै होईन अहिले त बैंकसँगपनि पैसा छैन । तरलता अभाव छ, ऋण दिनेपनि पैसा… पुरा पढौ

ओलीको प्रश्न : गठबन्धनको प्रधानमन्त्री को ? घोषणा पत्र कसको लागु हुन्छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई मिसन र भिजन बिनाको दिशाहीन गठबन्धन भनेर टिप्पणी गरेका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पाँच दलका पाँचवटा घोषणा पत्र बनेको भन्दै निर्वाचनपछि कसको लागु हुन्छ भन्ने टुंगो नभएको बताए । आज जनताले जान्न चाहेका छन्,ओलीले गठबन्धनप्रति कटाक्ष गर्दै ओलीले भने,‘गठबन्धनले जित्यो भने को प्रधानमन्त्री बन्छ ? अनि कुन दलको घोषणा पत्र लागु हुन्छ ? कांग्रेसको, माओवादीको ?… पुरा पढौ

सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य : प्रमुख निर्वाचन आयुक्त

काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) को शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा संयन्त्र विकास गरिएको बताए । उनले नवस्थापित केन्द्रले मतदानस्थलसम्म सिधैँ… पुरा पढौ

देशलाई विकास कि विनासतर्फ लैजाने ? जनताले फैसला गर्नुपर्छ : ओली

पोखरा, कात्तिक २१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकास कि विनासतर्फ लैजाने भन्ने फैसला जनताले फैसला गर्नुपर्ने बताएका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जनताले चुनावमार्फत देशलाई विनास कि विकासतर्फ लैजाने भन्ने फैसला गर्नुपर्ने बताएका हुन् । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि भईरहेको चुनाव सामान्य चुनाव नभएको बताउँदै उनले भने,‘यो निर्वाचन यसअघिका निर्वाचनजस्तो सामान्य निर्वाचन… पुरा पढौ

गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा योगदान गर्ने सपोर्ट नेपाल–युकेको प्रतिवद्धता

पोखरा । गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा संस्थाले महत्वपूर्ण योगदान गर्ने सपोर्ट नेपाल–युकेका संस्थापकहरुले बताएका छन् । सपोर्ट नेपाल युकेका संस्थापक एवं सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङको योजना तथा लगानीमा स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ८ डाडाँस्वारामा सपोर्ट नेपाल युके कल्याण केन्द्रको नवनिर्मित भवन उद्घाटनका क्रममा संस्थापकहरुले यस्तो बताएका हुन् । ८० लाख लागतमा बनेको कल्याण केन्द्रको भवन अरुण चौधरी फाउडेसनका संस्थापक अरुण चौधरी र सपोर्ट नेपाल युकेकी संस्थापक अध्यक्ष पोली स्कटले संयुक्तरुपमा उद्घाटन गरेका छन् । गाउँ… पुरा पढौ

पदमार्ग जोगाउन स्थानीयवासीको माग

कास्कीको माछापुच्छ«े गाउँपालिका–९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ । छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ । पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ । धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन् । उनीहरु मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाई समेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन् । पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत् लगायतका समस्या छन् ।… पुरा पढौ

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताए । वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए । देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको… पुरा पढौ

व्यावसायिक तरकारी खेतीबाट आम्दानी

लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी रु एक हजार पुगेको थियो । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो । पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेकीमा भदौ र आसोज… पुरा पढौ