अर्थ

सबुपोखरी पदमार्ग प्रवर्द्धन गर्न दुईदिने हाइकिङ सम्पन्न

पोखरा, १० जेठ । कास्कीको मादी गाउँपालिका–८ मा सबुपोखरी पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित ताङ्तिङ–क्रपुडाँडा–सबुपोखरी–मिजुरेडाँडा ट्रेकिङ रुटमा दुईदिने हाइकिङ कार्यक्रम गरिएको छ । मादी गाउँपालिका वडा नं. ८ को आयोजनामा जेठ ९ र १० गते सञ्चालन गरिएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेस, मादी गाउँपालिका तथा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो ।आयोजक समितिका सचिव मीनबहादुर भट्टराईका अनुसार कार्यक्रममा पर्यटन व्यवसायी, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकी, गुरुङ पर्यटन व्यवसायी संघ, हाइकर्स क्लब नेपाल, ट्रेकर्स… पुरा पढौ

कफी किसानबीच अनुभव आदान-प्रदान

पोखरा, १४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा युरोपियन युनियन तथा जर्मन साझेदार संस्था जीआइजेडसँगको सहकार्यमा पोखरामा कफी किसानहरुको भेला आयोजना गरिएको छ । कफी किसानहरुबीच अनुभव आदान–प्रदान तथा सहकार्यका निम्ति आयोजित सो भेलामा कास्की,स्याङ्जा र पर्वतका २४ जना किसानहरुको सहभागिता रहेको थियो । सो भेलामा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले किसानहरुबीच हुने अनुभव आदान प्रदानले समस्या समाधान र नयाँ सम्भावना खोजीमा सघाउने धारणा राखे ।नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यमको वृद्धिलाई… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम चरम संकटमा, सेवा प्रदायकलाई १८ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी

चरम संकटमा परेको स्वास्थ्य सेवा बीमा कार्यक्रममा १८ अर्बभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउन सरकारले सञ्चालन गरेको बीमा कार्यक्रममा चैत मसान्तसम्म स्वास्थ्य बीमा बोर्डअन्तर्गत अनुमानित १८ अर्ब ३१ करोड ५१ लाख ९२ हजार ७३० रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको हो । चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, बिमा दाबी भुक्तानीतर्फको बक्यौता बढ्दै जाँदा कार्यक्रमको प्रभावकारितामाथि चुनौती थपिएको छ । स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयका अनुसार,… पुरा पढौ

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख २४ हजार वचत

पोखरामा आयोजना भएको धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाख भन्दा बढी रकम वचत भएको छ । तमु (गुरुङ) कलाकार संघ गण्डकीले गत फागुन ८ गते पोखरामा आयोजना गरेको उक्त कार्यक्रममा ५६ लाख २४ हजार ४ सय ५८ रुपैंया संकलन भएकोमा खर्च कटाएर ३५ लाख २४ हजार ५ सय ८९ रुपैंया वचत भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । गुरुङ गीत संगीतका नायक, अग्रज कलाकार धनबहादुर गुरुङको सम्मानमा आयोजित साँझमा करिब २१ लाख खर्च भएको कार्यक्रम संयोजक गोरे गुरुङले… पुरा पढौ

तनहुँ उवासंघका भ्रमण टोलीलाई लेखनाथमा स्वागत

लेखनाथ उद्योग वाणिज्य संघले भ्रमणका लागि आएको तनहुँ उद्योग बाणिज्य संघको टोलिलाई विहिवार स्वागतसहित छलफल र अन्र्तकृया गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघ र तनहुँ उद्योग वाणिज्य संघ विचको निकट सम्बन्धलाई थप मजबुत बनाउदैं व्यवसायीका अनुभव आदान प्रदान गर्न कार्यक्रम हायोजना गरिएको संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बताईन् । सोहि अवसर पारेर नेपाल उद्योग वाणिज्य महासंघको हाल सम्पन्न ६० ओैं वार्षिक साधारण सभा तथा निर्वाचनबाट गण्डकी प्रदेश भौगोलिक तर्फ केन्द्रिय सदस्य निर्वाचित भएका तनहु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष… पुरा पढौ

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको… पुरा पढौ

गण्डकीको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट, दोहोरो कर हटाईने

सन्देश श्रेष्ठपोखरा, जेठ १२ गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ । गण्डकी प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटमा आयोजना बैंकबाट प्राथमिकताका आधारमा योजना छनौट गर्ने जानकारी दिएका हुन् । हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो । जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै… पुरा पढौ

सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण हुने

पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण हुने भएको छ । २०७९ साल असार ४ गते आएको विनाशकारी सेती नदीको बाढीले मर्दि दोबिल्लास्थित मोटरेबल पुल बगाएपछि त्यस क्षेत्र भएर आवत जावत गर्न समस्या भएको थियो । स्थानीय जनप्रतिनिधिको लगातारको दबाब पछि त्यहाँ पुल निर्माणका लागि सोमबार सडक विभाग कास्कीले बोलपत्र आव्हान गरेको छ ।करिब १० करोड लागतको पुल निर्माणका लागि बोलपत्र आव्हान भएपछि अब पुल निर्माण हुनेमा स्थानीयबासी ढुक्क भएका छन् । पुल निर्माणका लागि… पुरा पढौ

पोखरा र मोरङका महिला उद्यमीबीच सहकार्यको सहमति

पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण  कार्कीले महिला उद्यमशिलता विकासका निम्ति वित्तीय संस्थासँगको सहज पहुँच र ऋण लिने प्रक्रियामा सरलीकरण जरुरी रहेको बताएका छन् । उद्योग÷व्यवसायमा महिला सहभागिता बढ्दा रोजगारी र राष्ट्रिय अर्थतन्त्र फस्टाउने सत्यलाई राज्यले मनन गर्नुपर्ने पनि उनको भनाइ छ । अध्यक्ष कार्की सोमबार  मोरङ उद्योग व्यापार संघको महिला उद्यम उपसमितिको प्रतिनिधिमण्डलसँगको अन्तक्र्रियामा बोल्दै थिए ।पोखरा उद्योग वाणिज्य संघले मोरङका प्रतिनिधिमण्डलको स्वागतमा आयोजना गरेको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य… पुरा पढौ

नेकपा निकट मजदुर संगठनले बुझायो महानगरलाई १ करोड ५३ लाखमा बनेको भवनसहित ४ रोपनी जग्गा

सन्देश श्रेष्ठपोखरा, जेठ ९ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले भवनसहित ४ रोपनी जमिन पोखरा महानगरपालिकालाई बुझाएको छ । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले २०६७ सालदेखि उपयोग गर्दै आएको सो भवन र जमिन शनिबार महानगरलाई फिर्ता गरेको हो । कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भवनको चावीसहित जमिनको कागजात हस्तान्तरण गरे । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालय… पुरा पढौ