अर्थ

दुर्घटना नगराउने १५ चालकलाई एवन ग्रेटर नेपाल यातायात प्रालिको सम्मान

सन्देश श्रेष्ठपोखरा, असोज १० एवन ग्रेटर नेपाल यातायात प्रालिले दुर्घटना नगराउने चालकहरुलाई सम्मान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएका पोखराका ट्याक्सी व्यवसायीहरुको संस्था एवन ग्रेटर नेपालले एक वर्षभरी सवारी चलाउँदा दुर्घटना नगराउने १ सय ९५ जना चालकहरु मध्य गोला प्रथाबाट छानिएका १५ जना चालकलाई सम्मान गरेको हो । उनीहरुलाई दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरुलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’, बरिष्ठ उपाध्यक्ष ऐनकुमार साई, अर्का बरिष्ठ उपाध्यक्ष केदार पौडेल, एवन ग्रेटर नेपाल यातायात… पुरा पढौ

दशैं तथा तिहारको अवसरमा सिटिजन फर्निचरमा २० देखि ३० प्रतिशतसम्म छुट

सन्देश श्रेष्ठपोखरा, असोज १० पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचरले नेपालीको महान चाँड बडादशैं तथा शुभ दीपावली (तिहार)को अवसरमा आकर्षक छुट प्रदान गरेको छ । सिटिजन फर्निचरले दशैंदेखि तिहारसम्मका लागि सिटिजन फर्निचरमा उपलब्ध सामानहरुमा खरिद गर्दा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । सिटिजन फर्निचरमा उपलब्ध घरायसी तथा कार्यालय सञ्चालनमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर, सोफा, अफिस टेबल, टि टेबल, पर्दा, कार्पेट, डाइनिङ टेबल, कुर्सी, डोरमेटलगायतका सामग्रीहरुमा विशेष चाँडपर्व अफर अन्तर्गत भारी छुट प्रदान गरिने सञ्चालक दीपक कार्कीले जानकारी… पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि लेकसाईडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुने

सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा पोखरा–६ लेकसाईडस्थित वाराही खेल मैदानमा बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन कात्तिक ८ गते महोत्सव आयोजना गर्न लागिएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । ‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा सहभागी पर्यटकलाई… पुरा पढौ

हवाई खेलकुद संस्था ‘ना’को अध्यक्षमा तिवारी

पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित भएका छन्। बिहीबार पोखरामा सम्पन्न संस्थाको २३औँ साधारण सभा तथा ११औँ अधिवेशनले तिवारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।अध्यक्ष पदमा तिवारीले १३६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सानुबाबु सुनुवारले १२३ र खेमराज आचार्यले १४ मत प्राप्त गरे।निर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाइडिङलाई व्यवस्थित र मर्यादित पेसाका रूपमा विकास गर्न विशेष भूमिका खेल्ने बताए। उनले सबैलाई मिलाएर संस्थाको नेतृत्व गर्ने बताए।ना को… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितलाई मौजाको करिब २ लाख सहयोग

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुर्नस्थापनाको लागि पोखरा २० स्थित मौजा टोल विकास संस्थाले करिब २ लाख आर्थिक सहयोग गरेको छ । गत भदौं १० गते आएको विनासकारी बाढीका कारण परिवारसहित सर्वस्व गुमाएका पीडित परिवारका लागि संस्थाले १ लाख ९० हजार १२० रुपैयाँ ग्लोबल आएमई बैंकमा रहेको प्रधानमन्त्री दैवि प्रकोप उद्धार तथा राहत कोषको खातामा जम्मा गरेको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए । बाढीका कारण देश नै आक्रान्त बनेको समयमा पीडित परिवारको पिडामा हातेमालो गर्न सो रकम… पुरा पढौ

पोखरा आइपुग्यो हुन्डाईको नयाँ भेन्यु, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा आइपुगेको छ। हुन्डाईले पोखरा तथा आसपासका ग्राहकलाई लक्षित गर्दै नयाँ भेन्युलाई बजारमा उपलब्ध गराएको हो।कम्पनीका अनुसार नयाँ भेन्युमा एसयूभी डिजाइनसँगै आरामदायी इन्टेरियर, आधुनिक प्रविधि र विभिन्न ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर सुविधा थप गरिएको छ।भेन्युको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ।इन्टेरियरतर्फ १०.२५ इन्च ccNC इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र… पुरा पढौ

पोखराको पर्यटनको पर्याय बन्दै प्याराग्लाईडिङ

सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखरामा प्याराग्लाईडिङ शुरु भएको तीन दशक पुगेको छ । सन १९९६ बाट शुरु भएको पोखराको प्याराग्लाईडिङको व्यवसायीक यात्राले तीन दशक पार गरेको हो । कम्पनी खडा नगरी सिक्ने थलोको रुपमा प्रशिक्षणात्मक उडानबाट शुरु भएको पोखराको प्याराग्लाईडिङले सन २००० देखि व्यवसायीक रुप लिएको थियो । जतिबेलादेखि कम्पनी खडा गरेर व्यवसायीक रुपमा प्याराग्लाईडिङ उडान भर्न थालियोे । शुरुमा ७ कम्पनीबाट शुरु भएको प्याराग्लाईडिङमा अहिले ५७ कम्पनी पुगेका छन् । र यसमा हालसम्म करीब एक अर्ब लगानी भएको प्याराग्लाईडिङ… पुरा पढौ

फ्लाई दुबईले थाल्यो पोखरा-दुबई उडान

आउँदा ११३ यात्रुलिएर आएको फ्लाई दुबईको जहाज फर्किदा १५२ यात्रु लिएर फर्कियोसन्देश श्रेष्ठपोखरा, असोज ७ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले गर्ने भनिएको बहुप्रतिक्षित पोखरा–दुबई उडान बुधबार साँझदेखि शुरु भएको हो । उडानको शुरुवात फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाजले गरेको छ । नेपाली समय अनुसार दिउँसो २ बजे उडेको सो जहाज करीब सवा ४ साँझ ६ः१९ बजे पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । १५६ वटा ईकोनोमिक र १० वटा… पुरा पढौ

सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा उपभोक्ता मञ्चको जोड

उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरामा आयोजित कार्यक्रमका वक्ताले सहज आपूर्ति व्यवस्थापनसहित मिसावट र महँगी नियन्त्रणमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए ।प्रदेशका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले सही समयमा, सही कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । उनले सहज आपूर्ति व्यवस्थापन, मिसावट र मूल्य नियन्त्रण सम्बन्धमा सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सबैले आ–आफ्नो ड्यूटी… पुरा पढौ

पोखराका लागि दुबईबाट उड्यो फ्लाई दुबईको जहाज

सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखराका लागि दुबईबाट फ्लाई दुबईको जहाज उडेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आज साँझ ६ः१५ बजे अवतरण हुने फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाज दुबईबाट उडेको हो । जहाजमा १२५ जना रहेको बताइएको छ । पोखरा आईपुग्ने टोलीलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन वोर्डका सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलसहित पर्यटनसँग सम्बद्ध ३० बढी संघसंस्थाका प्रतिनिधिहरु ब्यानरसहित पोखरा विमानस्थल पुगेका छन् । स्वागतका लागि आम पोखरेलीको पनि… पुरा पढौ