अर्थ

सहकारी द्वारा निःशुल्क स्वास्थ्य शिबिर

पोखरा । दर्शन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा रिजनल हस्पिटल प्रा.लि. जिरो कि.मी.पोखरा को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रिजनल हस्पिटलका डाक्टर तथा प्राविधिकहरुको सहयोगमा मुटु रोग तथा महिला प्रसुती तथा स्त्री रोग, सुगर, प्रेसर, ल्याब, ईको, इसिजि सेवा निःशुल्क सेवा प्रवाह गरिएको थियो । स्वास्थ्य शिविरमा अतिथिहरु ठकुरी महिला परिवार कास्कीको अध्यक्ष सरस्वती हमाल, ठकुरी भू।पू। परिवार कास्कीको पुर्व अध्यक्ष फम सिंह, ठकुरी… पुरा पढौ

तनहुँमा रु ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा नौ सय ६८ हेक्टर क्षेत्रफलबाट सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार यस वर्ष पाँच हजार आठ सय ३१ मेट्रिक टन… पुरा पढौ

सकियो ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा १९ माघ । पोखराको नयाँबजारमा आयोजित ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ सकिएको छ । माघ १० गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट उद्घाटन भएको मेला १० दिनसम्म चल्यो । पोखरा उद्योग वाणिज्य संघ मेलाको आयोजक हो । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फोटेकको १२ औं संस्करण र मोवाइल बितरक संघले आयोजना गर्दै आइरहेको मोवाइल मेलाको चौथो संस्करण पनि यही मेलामा समाहित गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार यो… पुरा पढौ

घर बहाल कर घरधनीबाटै लिन सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीको माग

पोखरा, माघ १९ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुले घर बहाल कर घरधनीबाटै लिन आग्रह गरेका छन् । सर्वेश्वर मार्ग–पराजुली मार्गका व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिको शनिबार आयोजित १३ औं साधारण सभाको उद्घाटन शत्रमा बोल्ने व्यवसायीहरुले घर बहाल कर घरधनीले घर बहालमा लगाएबापत तिर्नुपर्ने कर भएकाले त्यो कर व्यवसायीलाई नतिराउन आग्रह गरेका हुन् । उनीहरुको एउटै आवाज थियो,‘घर बहाल कर हामीलाई तिराईंदै आएको छ । तर घर बहाल कर तिर्ने जिम्मेवारी घर धनीको हो । त्यसैले त्यो कर घरधनीलाई… पुरा पढौ

सर्वेश्वरको भाग्यशाली उपहार योजनाको लक्की ड्र : लामौचौरकी रिनालाई स्कुटर

पोखरा, माघ १९ पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको भाग्य चिट्ठा शनिबार खोलिएको छ । नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा तीन महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजनाको शनिबार समितिको साधारण सभा तथा वनभोज कार्यक्रमको अवसरमा खोलिएको हो । सो उपहार योजना भाग्य चिट्ठामा पोखरा–१६ लामाचौरकी रिना बस्नेतले सामान खरिदमा प्राप्त गरेको… पुरा पढौ

बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री

यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो । कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा झरेको… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

माघ १८ पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ ।… पुरा पढौ

सहकारी अध्यादेशका केही बुँदा संशोधन गर्न एमालेको माग

माघ १८ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हालै जारी गरेको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को स्वागत गर्दै यसमा भएका केही बुँदा संशोधन गर्न सरकारसँग माग गरेको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा आज एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख खगराज अधिकारीले अध्यादेशमा रहेका केही बुँदाले सहकारीका आधारभूत मान्यता र सदस्यको नैसर्गिक अधिकारसमेत कुण्ठित हुनेगरी देखिएकाले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्नुपर्ने बताए । उनले अध्यादेशमा समावेश भएका केही विषयले… पुरा पढौ

राजस्थानी नृत्यमा झुमे पोखरेली, मेला भोलि सकिँदै

माघ १८ पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन् । नाच यति कठीन हुन्छ कि, कहिलेकाहिँ उनीहरु नाचकै तालमा आफ्नो खुट्टा काँचको टुक्रा वा तरबारमासमेत राख्छन् । सामान्यतया : यो नाचको उपक्रममा महिलाहरु टाउकोमा घडा र खुट्टामा पित्तलको थाली राखेर अगाडि बढ्छन् । भवई नाचको रुपमा प्रख्यात यो नाचको पृष्ठभूमिमा पखावज (मादलजस्तै) ,ढोलक,सारङ्गी र हार्मोनियमको संगीत गुन्जन्छ । भवई नृत्यको नामले प्रख्यात यो नाचको उत्पत्ति गुजरातमा भएको… पुरा पढौ

अरुणा लामा तारादेवी स्मृति श्रष्टा साँझ भोलि, तयारी पूरा

पोखरा, माघ १८ अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण भोलि पोखरामा हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा भोलि माघ १९ गते शनिबार पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण हुन लागेको हो । भोलि साँझ ४ः३० बजेबाट शुरु हुने कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुने श्रेष्ठले… पुरा पढौ