अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय… पुरा पढौ

ढोरपाटनमा लाग्ने जनैपूर्णिमा मेलामा पुग्ने भक्तजनलाई बाटोका कारण सास्ती

ढोरपाटन । हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाग्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् । एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ । विसं २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो गाडीमै जाने गर्छ । ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन सडक’ पर्छ । रुपन्देहीको सालझण्डीदेखि… पुरा पढौ

ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्दा राजस्व पनि बढ्यो

म्याग्दी । पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को साउनमा पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए । “आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,” उनले भने, “२०७९/०८० मा पर्यटक प्रवेश शूल्कबाट रु नौ लाख… पुरा पढौ

फेदीखोलामा ‘बुक फ्रि फ्राइडे’

भदौ १ स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको एक विद्यालयमा बुक फ्रि फ्राइडेको शुरुवात गरिएको छ । गाउँपालिको वडा नम्वर २ को पहलमा विद्यार्थीलाई सैद्धान्तिकसँगसँगै व्यवहारीक शिक्षा दिने उद्देश्यले बुक फ्रि फ्राइडे कार्यक्रमको शुरुवात गरिएको हो । आफ्नो दैनिकीमा आवश्यक पर्ने कामकाज तथा अन्य व्यवहारीक ज्ञानको विषयमा जानकारी दिइने गरि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको शुक्रबार स्थानचौरस्थित महेन्द्र जनसहयोग आधारभुत विद्यालयमा कटुसको पातबाट दुना टपरी बनाउन सिकाउँदै उक्त कार्यक्रमको शुरुवात गरिएको वडा नम्वर २ का वडाध्यक्ष अभिलाश गुरुङले जानकारी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि अर्जुन पोखरेलको प्यानल घोषणा

पोखरा, भदौ १ पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अर्जुन पोखरेलको प्यानल घोषणा भएको छ । संघको यहि भदौ २८ र २९ गते हुने महाधिवेशनबाट नेतृत्व लिनका लागि पोखरेको प्यानल घोषणा भएको हो । संघको आगामी कार्यकालका लागि अध्यक्षमा पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । यसअघिको निर्वाचनमा पराजित पोखरेलले वर्तमान कार्यसमितिमा रहेकाहरुलाई समेटेर प्यानल घोषणा गरेका हुन् । यसअघि वर्तमान बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको प्यानलमा प्रस्तावितहरुलाई आफ्नो पक्षमा ल्याउँदै पोखरेलले शनिबार पत्रकार सम्मेलन गरेर प्यानल घोषणा गरे । कार्यकारिणी… पुरा पढौ

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’

म्याग्दी । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फुल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की । चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाडो ९घण्टी०को एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी । बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्ने देखि मनास्लु सम्मका हिमालहरुको… पुरा पढौ

गण्डकीमा उद्यमी महिलाको सशक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम

पोखरा । महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तिकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न अभिमुखिकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु थापाले महिलालाई उद्यमी बनाउन तर्फ अबको बाटो हुनुपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभुमिबाट आएकै कारण… पुरा पढौ

पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने पातीचौर–लप्सीबोट सडक एक महिनाअघिदेखि अवरुद्ध

पर्वत । प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ । जिल्लाको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर– लप्सीबोट सडक अझै खुल्न नसकेको हो । गत असार २६ गतेको भिषण वर्षाका कारण सडक खण्डअन्तर्गत मोदीको वडा नं २ कोरूङ्गामा गएको ठूलो पहिरो पन्छ्याउन नसक्दा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् । झण्डै दुई किलोमिटर पक्की सडक पहिरोले पुरिनुका साथै संरचनासमेत भत्किएको स्थानीय भूमिराज शर्माले जानकारी दिए ।… पुरा पढौ

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

पोखरा नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ ।सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो ।प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरकोसँगै अन्य… पुरा पढौ

सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो । “निर्माण व्यवसायीलाई रु दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ । रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,”… पुरा पढौ