अर्थ

बीमाको लोभले पोखराको लेकसाईडको सपिङ सेन्टरमा आगो लगाउने प्रहरी फन्दामा

पोखरा, साउन २० पोखरामा एक पसल सञ्चालकले वीमाको लोभमा परेर आफ्नो पसलमा आफैले आगो लगाएका छन् । स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका वडा नम्बर(४ घर भई पोखरा(१७ विरौटा बस्ने सुजन विकले वीमा रकम पाउने लोभमा परेर आफ्नै मदिरा, कस्मेटिक र ग्रोसरी पसलमा आफैले आगो लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो । उनले साथी पवन नेपालको सहयोगमा आगो लगाएको प्रहरी अनुसन्धानले पुष्टि गरेको कास्की प्रहरीले आइतबार अपराह्न पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । विकले पोखरा(६ लेकसाईडमा सञ्चालन गरेको मुक्तिनाथ सपिङ सेन्टर साउन… पुरा पढौ

विद्युत् प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ

साउन २० काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीको निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका–२ का कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका–७ गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो । उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । ऊर्जा… पुरा पढौ

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

साउन २० बाग्लुङ । निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले… पुरा पढौ

एक वर्षमा गण्डकी प्रदेशमा बने २० वटा पुल

साउन २० पोखरा । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् । गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट–आरुघाट–रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर–नारेश्वर–गोरखाबजार सडकअन्तर्गत दरौदी–जरेबर, लाप्राक–गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।… पुरा पढौ

रोकिएन कालीगण्डकी नदी दोहन

गलकोट । यही साउन १७ गते रातको १०ः१५ बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो । पाँच टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको मध्यभागमै पुगेर नदीबाट बालुवा निकाली रहेको थियो । नदीजन्य पदार्थको अवैध दोहन बिहीबार मात्रै होइन पछिल्लो समय नियमित जस्तै भइरहेको छ । दिनमा सुत्ने र रातमा जाग्ने कालीगण्डकी दोहन गर्ने प्रहरी तथा प्रशासनलाई चुनौती दिई अवैध रुपमा दोहनमा सक्रिय देखिएका छन् । नदीजन्य पदार्थ रातिमा सङ्कलन गरे… पुरा पढौ

म्याग्दे गाउँपालिकाको दोस्रो आवधिक योजना तयार

दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाले दोस्रो आवधिक विकास योजना तयार गरेको छ । गाउँपालिकाले समृद्ध म्याग्दे निर्माण गर्ने लक्ष्यसहित विभिन्न पक्षलाई समेटेर आवधिक विकास योजना ९२०८१/८२–२०८५/८६० तयार गरेको हो । ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार’ नारासहित आवधिक योजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार २०८१/८२–२०८५/८६ को पञ्चवर्षीय दोस्रो आवधिक योजनामा म्याग्देलाई समृद्ध गाउँपालिका बनाउने योजना प्रस्तुत गरिएको छ । दोस्रो आवधिक योजनालाई कार्यान्वयन गर्न चालु आवमा विकास निर्माण, पर्यटन प्रवर्द्धनलगायत… पुरा पढौ

राहदानी बाकसमा थन्क्याएर तरकारीखेतीबाट मनग्य आम्दाी गर्दै शर्मा

पर्वत । पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन् । तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । विदेश जानका लागि बनाएको राहदानी बाकसमा थन्क्याएर विगत २० वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेतीमा लागेका शर्माले गाउँमै बसेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । उमेरले ३८ वर्ष पुग्नुभएका दीपक र उहाँकी श्रीमती सीता शर्माले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक रु १५ लाखसम्म… पुरा पढौ

पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

साउन १८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् । उनले ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय… पुरा पढौ

खाष्टे सहकारीद्वारा अपाङ्गता मैत्री समाजलाई सहयोग

साउन १८ पोखरा । पोखरा २६ स्थित खाष्टे बचत तथा ऋण सहकारी सस्थाले वार्षिकोत्सवको अवसरमा अपाङ्गता मैत्री समाजलाई सहयोग गरेको छ । सहकारीले शुक्रबार १४ औं स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै पोखरा २६ वुढिवजारस्थित अपाङ्गता मैत्री समाजमा आवासिय रुपमा बसोबास गर्दै आएका नेत्रहिनहरुका लागि आवश्यक खाद्यन्न सहयोग गरेको हो । कार्यक्रममा खाद्य सामाग्री हस्तान्त्रण गर्दै सहकारीका अध्यक्ष शिवजी तिवारीले स्थानिय रुपमा छरिएर रहेको रकमलाई संकलन गरि सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्नेगरि काम गर्दै आएको बताए ।… पुरा पढौ

पोखरामा अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने

पोखरा, साउन १८ पोखरामा पुस तेश्रो साता अन्र्तराष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपालको आयोजनामा पोखरामा आगामी पुस १४ गतेदेखि १८ गतेसम्म (डिसेम्बर २९–जनवरी २ ) सम्म ‘नेपाल ईन्टरनेसनल बलुन फेष्टिभल हुने भएको हो । पोखरा–६ स्थित फेवातालको सिरान क्षेत्र लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा हुने फेष्टिभलको तयारी शुरु भएको बलुन नेपालले पोखरामा छलफल कार्यक्रम गरेर जानकारी गराएको हो । अंग्रेजी नया वर्षको स्वागतार्थ आयोजना हुने हट एयर बलुन फेष्टिभलमा नेपालसहित करीब ३० देशले बलुन प्रदर्शनीमा… पुरा पढौ