अर्थ

विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

वैशाख २५ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाएका थिए । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरोकारवालासँग छलफल कार्यक्रमको आयोजना गरेर मुख्यमन्त्री अधिकारीले यसप्रति चासो देखाएको हो । उनले विकास निर्माणसँग सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं निर्माण व्यवसायीसँग सामूहिक छलफल गरेर प्रदेशमा सञ्चालित हरेक आयोजनाको विस्तृत प्रगति विवरण दूई दिन भित्र पेश गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । ‘प्रदेशमा सञ्चालित हरेक आयोजनाहरुको वित्तीय प्रगती, भौतीक प्रगती, समस्या र समाधानका उपाय सुत्रमा… पुरा पढौ

नेपाल कृषि अनुसन्धान परिषदको स्थापना दिवसमा बेगनासतालमा माछाको भुरा छाडियो

पोखरा । नेपाल कृषि अनुसन्धान परिषदको ३३ औं स्थापना दिवसको अवसरमा माछाको भुरा छाडिएको छ । परिषदले स्थापना दिवसको अवसर पारेर पोखरा–३१ बेगनासतालमा ५ हजार माछाको भुरा छाडेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मत्स्य अनुसन्धान केन्द्र बेगनासतालका प्रमुख डा.मोहम्मद ईकबाल हुसेनलगायतले सहरलगायतका माछाका भुरा छाडेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वातावरण जोगाईराख्न सिमसार जोगाउनु आवश्यक रहेको बताए । अहिले पोखराका सबै तालहरुका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेको भन्दै सिमसार जोगाउन सबै… पुरा पढौ

जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । विश्वको सातौँ अग्लो धवलागिरि (८१६७ मिटर) हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा १६७ दशमलव तीन मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । तिल्केनीचौरदेखि मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला–घ्याँसीखर्क हँुदै सेतिनी उपत्यकासम्म जलविद्युत् आयोजनाले उपकरण र निर्माण सामग्री ढुवानी गर्न बनाएको सडक साँघुरो, धुलो र ग्रेड नमिलेका कारण जोखिमयुक्त बनेको रघुगङ¬्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाहीले बताए । “पहुँचमार्ग मर्मत र स्तरोन्नति गर्न… पुरा पढौ

बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइन

ढोरपाटन । बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट नगरपालिका-१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत् पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो । नेपाल विद्युत प्राधिकरणले यही वैशाख २४ गते केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको हो । गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय हर्षित भएका छन् । बर्खाको समयमा मात्र बिजुली बाल्न पाउन रुमुवावासीले अब बाह्रै महिना विद्युत प्रयोग गर्न पाउनेभएका छन् । अठार वर्ष अगाडि ठूलो खोला… पुरा पढौ

करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री पुन

वैशाख २४ काठमाण्डौं । अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने जनाएका छन् । लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहस कार्यक्रममा मन्त्री पुनले सरकारले राजस्व परामर्श समितिको सिफारिस र सरोकारवाको सुझावका आधारमा पारदर्शी रूपमा करको दायरा हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विदेश जानेको सङ्ख्या घटेको र गएकालाई फर्काउन प्रयास भइरहेको बताए । विदेश गएकाबाट ज्ञान, सीप र पुँजी हस्तान्तरणको प्रक्रिया जारी रहेको बताउँदै उनले सूचना प्रविधिका क्षेत्रमा यस्को राम्रो उदाहरण देखिएको… पुरा पढौ

आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मक : पूर्वअर्थमन्त्री पौडेल

वैशाख २४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले राजनीतिक स्थिरताको वातावरण निर्माण गर्दै मुलुकको आर्थिक समृद्धिका लागि सकारात्मक काम गरेको बताएका छन् । ‘लोकान्तर डटकम’ को आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहसमा पूर्वउपप्रधानमन्त्री पौडेलले राजनीतिक स्थिरता नभएसम्म मुलुकको आर्थिक उन्नति नहुने भएकाले एमालेले नयाँ सत्ता समीकरण बनाएको स्पष्ट पारे । “यो सरकार राजनीतिक स्थिरताको दिशातर्फ उन्मुख छ तर यसलाई भत्काउने कोसिस नभएका होइनन्, हामी स्थिरताका पक्षमा छौँ,” उनले भने, “सरकारले आर्थिक विकास, लगानीमैत्री… पुरा पढौ

मुस्ताङका च्याङग्राको भुवा परीक्षण

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परीक्षण गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गरेको हो । एक वर्षअघि मुस्ताङमा सङ्कलन गरेर मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाइएको भुवाको गुणस्तर परीक्षणसम्बन्धी प्रतिवेदन केही दिनअघि प्राप्त भएको नेपाल पश्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए। “विज्ञहरुको टोली मुस्ताङमा… पुरा पढौ

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग निर्माण गरिदै

गण्डकी । पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको काम अघि बढेको छ । फेवा ड्याम साइडस्थित वनस्पति पार्कबाट रानीवन हुँदै अनदुसम्मका लागि पदमार्ग बनाउन सरकारले रु ५० लाख बजेट छुट्ट्याएर काम सुरु गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले जानकारी दिए। यस आर्थिक वर्षमा करिब तीन किलोमिटर दूरीको पदमार्ग तयार हुने जानकारी दिँदै उनले उक्त मार्गका १० स्थानमा काठेपुल राख्नुपर्ने देखिएको बताए… पुरा पढौ

गोरखाको धुवाँकोटमा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न

गोरखा । पालुङ्टार नगरपालिका–८ स्थित धुवाँकोटमा रहेको धुवाँकोट स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ । भारत सरकारको अनुदान सहयोगमा रु एक करोड ९९ लाख ५५ हजार नौ सय ४९ (भ्याटबाहेक) को लागतमा सो स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । भूकम्पले क्षति पुगेको स्वास्थ्य चौकी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवनमार्फत भवन निर्माणको काम सम्पन्न भएको स्वास्थ्यचौकीका प्रमुख लक्ष्मणबाबु श्रेष्ठले जानकारी दिए । “नवनिर्मित भवन आठ कोठाको रहेको छ, स्वास्थ्यचौकी भवनमा रहेका चार कोठामा भने भित्र नै शौचालयको… पुरा पढौ

व्यास नगरपालिकाद्धारा ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित

तनहुँ । तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए।उनले अभियानलाई कार्यान्वयन गर्न चौधवटै वडा कार्यालयमा परिपत्रसमेत गरिएको बताए । नगरपालिकाभित्र सबै प्रकारका प्लाष्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीदगर्दा कपडा, फाइबर, जुट वा कागजको झोलामात्र प्रयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ । साथै व्यापारी, व्यवसायीलाई समेत… पुरा पढौ