अर्थ

त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग

वैशाख १९ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहारा हङकङको सहयोग

वैशाख १९ पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सहारा क्लव हङकङले सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० लाई सफल पार्न सहारा क्लव हङकङले यसवर्षपनि सघाउने भएको हो । बुधबार क्लवका कार्यवहाक अध्यक्ष खमबहादुर गुरुङ (सरोज)ले क्लवले अवार्डलाई संस्थागतरुपमा सहयोगस्वरुप नगद रु. १५ हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मञ्चले आयोजना गर्ने उक्त अवार्डले खेलाडी र यस क्षेत्रमा लाग्नेहरुका लागि प्रोहोत्साहन हुने बताउँदै… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

दमौली । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत सकिएको आयोजनाले जनाएको हो । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म छ । विविध कारणवश प्रसारण लाइन निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । निरन्तर रुपमा काम गर्न पाएको भए यो प्याकेजको काम अहिले भन्दा धेरै हुने उनको भनाइ छ । केइसी… पुरा पढौ

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका

ढोरपाटन । बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्तीमा सडक पुगेका छन् तर ग्रामीण क्षेत्रबाट बसाइँसरेर बजार झर्नेको सङ्ख्या घटेको छैन । दिनप्रति दिनको बसाइँसराइले गाउँ रित्तिन थालेको छ । बसाइँसराइलाई रोक्नका लागि नगरपालिकाले ग्रामीण सडकहरु स्तरोन्नति गरी गाउँमै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । नगरपालिका स्थापना हुन पूर्व नै गलकोटमा धेरै सडक ट्र्याक खुलेका थिए । विसं २०७३ अगाडि तीन सय ३० किलोमिटर ग्रामीण सडकको ट्र्याक खुलेको थियो ।… पुरा पढौ

‘उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिकको सेवासुविधा बढ्छ’:मुख्यमन्त्री अधिकारी

लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग व्यवसाय फस्टाउन सकेमात्र रोजगारी प्राप्ति र श्रमिक अधिकार स्थापित हुनसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै उनले कोरोनाका कारण थला परेको उद्योग व्यवसाय बिस्तारै लयमा फर्कन थालेकाले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिकको समन्वयमा अगाडि बढ्न सकिने बताए । श्रमिकका लागि संविधानले दिएका अधिकार र न्यूनतम ज्याला उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकार तयार… पुरा पढौ

होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी व्यवसायी आबद्ध

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् । अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । उनका अनुसार अधिकांश मझौला तथा साना होटल महासङ्घमा समेटिएका छन् । “पोखराको लेकसाइडबाहेक अन्यत्रका पर्यटकीयस्तरीय होटल पनि महासङ्घमा आबद्ध छन्”, उनले भने, “सबैभन्दा बढी नवलपुरमा करिब दुई हजार होटल व्यवसायी महासङ्घमा जोडिएका छन् ।” कोभिड–१९ महामारीका बेला गरिएको जिल्लागत अध्ययनले आठ हजार बढी होटल गण्डकी… पुरा पढौ

सिकोका सिपबाट आर्यआर्जन गरी फाइदा लिनुहोस् : अध्यक्ष कार्की

वैशाख १८ पोखरा । पोखरा महानगरपालिका १४ नं. वडा कार्यालयका अध्यक्ष बोधबहादुर कार्कीले तालिम र सिप सिकेपछिको समयलाई आयआर्जनमा जोडेर फाइदा लिन आग्रह गरेका छन् । महिलाहरूका लागि पन्ध्रदिने गुडिया तथा सजावटका सामग्री निर्माण तालिमको समापनका क्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै कार्कीले भने फुर्सदको समयमा उत्पादन गरेका चिज खेरा गएन भने फाइदा तपाईंलाई नै हो वडालाई दिनु पर्दैन । आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालयले मेसिन उकरण सहयोग गर्ने काकीले बताए । विधाता… पुरा पढौ

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास महिलाहरु

ढोरपाटन । बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थे । हिजोआज उनको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । उनी अहिले हरेक दिन उद्यमशील महिला मगर संघले सञ्चालन गरेको दुना टपरी उद्योगमा विताउछन् । अचेल उनलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । दुई महिना अगाडि उद्यमशील… पुरा पढौ

डढेलो नियन्त्रणका लागि बन्दीपुरको समुदायस्तरमा सचेतना

दमौली । बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो समय जिल्लाभर डढेलोको प्रकोप बढ्दै गएकाले नियन्त्रणका लागि समुदायस्तरसम्म पुगेर सर्वसाधारणलाई सचेतना प्रदान गर्न थालिएको हो । बन्दीपुर गाउँपालिकाले सोमबार पौवामा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । डढेलो लगाउने क्रम बढेकाले यसलाई नियन्त्रणका लागि स्थानीयवासी चनाखो बन्नुपर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । त्यसक्रममा उहाँले डढेलोेले पु¥याउने क्षति, नियन्त्रणमा स्थानीयले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराए । सोही कार्यक्रममा नेपाली सेनाको रुरु भैरव दल गणका… पुरा पढौ

तनहुँका ४ वटा वडा जोड्ने सडक स्तरोन्नतिको सम्झौता

दमौली । जिल्लाको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । नगरपालिकाले निर्माण व्यवसायीसँग पराशरमार्ग स्तरोन्नतिका लागि सोमबार सम्झौता गरेको हो । विश्व बैंकको ऋण सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने उक्त मार्ग कालोपत्रका निम्ति सम्झौता गरी काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए। उक्त सडकले बुल्दीखोला, बेल्टारी, फराकचौर, अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, कुमालगाउँ, समता स्कुल, कलेस्तीलगायत स्थान जोड्छ । दश दशमलगव ५५ किलोमिटर उक्त सडकखण्डमा… पुरा पढौ