अर्थ

बागलुङका ग्रामीण क्षेत्रमा मौलिक सीप लोपोन्मुख अवस्थामा

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन् । उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउँदैन । आरन व्यवसायदेखि चोयाका सामग्री बनाउने काम गाउँमै गरिन्थ्यो । खेतबारी जोत्नका लागि हलो, जुवा पनि गाउँमै बनाउने प्रचलन थियो । अहिलेको जस्तो आधुनिक हलो भित्रिएको थिएन । वन जङ्गलबाट काठ काटेर ल्याई घरमै बनाइने ती सामग्री अहिले बिक्री हुँदैन् । बनाउने मान्छे पनि… पुरा पढौ

सेती नदी कटानले चिन्तित छन् स्थानीय

दमौली । “नदी बढ्दा मात्रै बस्ती स्थानान्तरणको कुरा आउँछ, नदी सुकेपछि उक्त कुरा हराउँछ”, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका सेती नदी कटानबाट पीडित कमला मियाँले भने, “यस्तो सुनेको कैयौँ वर्ष भयो, आश्वासन कहिल्यै पूरा भएनन् ।” वर्षाका बेला सेती नदी बढेपछि नगरप्रमुख, वडाध्यक्ष, जिल्लाबाट पनि थुप्रै व्यक्ति आएर आश्वासन मात्रै दिने गरेको उनको गुनासो छ । नदी बढेका बेला रातभर सुत्न नसकिने जनाउँदै उनले भने, “जब वर्षा सुरु हुन्छ, त्यसपछि हामी निदाउन सक्दैनौँ, रातभर जाग्राम बस्नुपर्ने बाध्यता हुन्छ ।” ठाउँ छाडेर… पुरा पढौ

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका हुन् । सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् । साथै १९… पुरा पढौ

मुग्लिन पोखरा सडकः पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

वैशाख १५ तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३ प्रतिशत प्रगति भएको छ । पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा ५६ र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा २३ प्रतिशत प्रगति भएको आयोजना जानकारी दिए । पाण्डेका अनुसार आयोजनाअन्तर्गत पूर्वीखण्डको निर्माणको म्याद गत वैशाख २ गते सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ । विविध कारणले काममा ढिलाइ भए पनि केही समयका लागि म्याद गर्ने तयारीका साथ आयोजनाका बाँकी कामलाई निरन्तरता दिइएको… पुरा पढौ

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिवद्धता

वैशाख १५ महोत्तरी । पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तक्र्रियाबारे तीनदिने कार्यक्रम लिएर मधेश प्रदेश गएको टेवान पोखराको स्वागतार्थ होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको दिगो पर्यटनका लागि समान सहभागिता विषयक अन्तक्र्रियामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई… पुरा पढौ

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ । कालिका मन्दिरमा बडादसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैँ (नवरात्री)को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । खड्काका अनुसार गत वर्षको चैते दसैँको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक रु ११ लाख कम भेटी… पुरा पढौ

गृहमन्त्रीसँग सहकारीसम्बन्धी समस्या समाधान गर्न पिडितको आग्रह

वैशाख १४ काठमाडौँ । सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् । आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न सुझाव दिएको गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिए । गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसक्ने बताए । सरकारले सहकारी ठगका नाममा रहेको सम्पत्ति र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम… पुरा पढौ

नया वर्षको अवसरमा सर्वेश्वर व्यवसायी समिति पोखरा, कास्कीको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन सम्पन्न

पोखरा, बैशाख १४ पोखराको नम्बर वान होलसेल मार्केटका रुपमा स्थापित सर्वेश्वर व्यवसायी समिति पोखराले शुभ–कामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको छ । समितिले एक कार्यक्रम आयोजना गरेर नेपाली नया वर्षको अवसरमा शुभ–कामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरेको हो । कार्यक्रममा उद्योगी व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, सर्वेश्वर व्यवसायी समिति पोखराका अध्यक्ष तुलबहादुर थापा (राजन)सहितका अतिथि तथा समितिका सल्लाहकारहरुले संयुक्त रुपमा नया वर्ष २०८१ सालको क्यालेण्डर विमोचन गरेका थिए । सो अवसरमा सहभागीहरुले नया वर्षको अवसरमा… पुरा पढौ

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो । निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए । निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए । निर्माणमा कतिपय… पुरा पढौ

ट्रयाक खुलेको १३ वर्ष बित्यो सालझण्डी–ढोरपाटन सडक,निर्माण कार्यमा ढिलासुस्ती

ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन । यतिका समयसम्म सडक स्तरोन्नति नहुँदा स्थानीय र ढोरपाटन पुग्ने पर्यटकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । विसं २०६८ मा रुपन्देहीको सालझण्डीदेखि सुरु भएको यो सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको थियो । रुपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मीमा काम तीव्र गतिमा भए पनि… पुरा पढौ