अर्थ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिइयो । यही वैशाख २५ गते भातरको नयाँ दिल्लीमा आयोजना हुने ‘रिजनल मिटिङ फर दी लन्च अफ… पुरा पढौ

पोखरा महानगरले गर्यो मजदुरलाई सम्मान

पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।सम्मानित हुनेमा मंगली परियार,कमलबहादुर पुलामी,धनप्रसाद उपाध्याय,रिता कार्की,विष्णुमाया श्रेष्ठ,मुक्ति पाण्डे,तीर्थराज मगर,चन्द्रप्रसाद गुरुङ,चन्द्रकला रानाभाट,इन्द्रबहादुर गुरुङ,दिलबहादुर तुलाधर,,महिमा शाही,प्रेमबहादुर कुमाल,दलबहादुर मगरलगायत रहेका छन् । विभिन्न टे«ेड युनियनहरुको सिफारिसमा उनीहरुलाई सम्मानित गरिएको हो । श्रम र श्रमिकको सम्मान… पुरा पढौ

पोखरा महानगरले गर्यो मजदुरलाई सम्मान

पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए । सम्मानित हुनेमा मंगली परियार,कमलबहादुर पुलामी,धनप्रसाद उपाध्याय,रिता कार्की,विष्णुमाया श्रेष्ठ,मुक्ति पाण्डे,तीर्थराज मगर,चन्द्रप्रसाद गुरुङ,चन्द्रकला रानाभाट,इन्द्रबहादुर गुरुङ,दिलबहादुर तुलाधर,,महिमा शाही,प्रेमबहादुर कुमाल,दलबहादुर मगरलगायत रहेका छन् । विभिन्न टे«ेड युनियनहरुको सिफारिसमा उनीहरुलाई सम्मानित गरिएको हो । श्रम र श्रमिकको… पुरा पढौ

पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउँछौ : मुख्यमन्त्री अधिकारी

वैशाख २१ पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताएका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सञ्चारकर्मीसँग कुरागर्दै उनले चालु आर्थिक वर्षको बजेट पूर्ण कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै आगामी आर्थिक वर्षमा पूर्ण कार्यान्वयन हुने खालको बजेट ल्याउने दावी गरे । ‘चालु आर्थिक वर्ष नीति कार्यक्रममा जे थियो बजेटमा त्यो छैन, बजेटमा जे पास भयो कार्यान्वयनमा त्यो छैन, त्यसले गर्दा हाम्रो बजेट पूर्ण रुपमा कार्यान्वयन हुने अवस्थामा… पुरा पढौ

उद्योगी-व्यवसायीले खोजेजस्तो जनशक्ति तयार पार्न विश्वविद्यालय तयार

वैशाख २१ पोखरा । दक्ष जनशक्तिको अभाव उद्योगी/व्यवसायीका साझा समस्या हुन् । पलायनको समस्या उस्तै पेचिलो छ । योग्यताका फाइल बोकेकाहरुको लर्को पनि उस्तै छ ! एकातिर विश्वविद्यालयबाट उत्पादित जनशक्ति उद्योग÷प्रतिष्ठानमा नबिक्ने अर्कोतिर बेरोजगारी । समस्याको समाधान के होला ? काठमाडौं विश्वविद्यालयले उपाय खोजी गर्न थालेको छ । उसले उद्योगी/व्यवसायीहरुसँगको सहकार्यमा उनीहरुले चाहेजस्तो जनशक्ति तयार पार्ने कामको सुरुवात गरेको छ । त्यही सन्दर्भमा शुक्रबार काठमाडौं विश्वविद्यालयले इनरजाइज नेपाल परियोजना,हाइड्रो ल्याब परियोजनासँग सम्बन्धित विज्ञसहित पोखराका उद्योगी/व्यवसायीसँग छलफल गरेको छ ।पोखरा उद्योग… पुरा पढौ

कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन् : अर्थमन्त्री पुन

वैशाख २१ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर गरिने बताएका छन् । अर्थमन्त्री पुनले करका दर हेरफर गर्नुपरे कसैको दबाब र स्वार्थपूर्ति नहुने गरी विवादरहित ढङ्गले हेरफेर गरिनेसमेत बताए । आज अर्थमन्त्रालयमा आयोजित युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको पूर्वबजेट छलफलका क्रममा अर्थमन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजस्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी आएका सुझावका आधारमा… पुरा पढौ

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

वैशाख २१ काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकणले आज एक विज्ञप्ति जारी गर्दै हिजो बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र विद्यमान कानुनको उल्लङ्घन हुनेगरी अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेमा कारबाही गरिने जनाएको हो । प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही… पुरा पढौ

सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा

वैशाख २१ पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नपा ९, राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरी आवश्यक सहयोगका लागि अनुरोध गरेको थियो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गरेका हुन् । ‘अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै… पुरा पढौ

१०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिने

बैशाख २१ नेपाली १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने भएको छ । नेपाल सरकार, मन्त्री परिषदको शुक्रबार बसेको बैठकले नेपाली १०० रुपैयाँको नोटको अग्रभागको पृष्ठभूमिमा नेपालको नया नक्सा अर्थात चुच्चे नक्सा राख्ने निर्णय गरेको हो । १०० रुपैयाँको नोटको अग्रभागमा हाल पुरानो नेपालको नक्सा राखिएको छ । सोहि ठाउँमा चुच्चे नक्सा रिप्लेसमेन्ट गरेर डिजाईन गर्न अनुमति दिने निर्णय भएको जनाइएको छ । यसअघि केपी ओलीको प्रधानमन्त्री कालमा चुच्चे नक्सा बनाइएको थियो । तर अहिलेसम्म उक्त नक्सा प्रयोगमा ल्याइएको थिएन । पुरा पढौ

गोरखकाली रबर उद्योग सञ्चालनको माग

गण्डकी । नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो । सरकारको नीति तथा कार्यक्रममा समावेश भएपनि उद्योग सञ्चालनका लागि प्रकृया सुरु नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइनसकेको उद्योग विभागका निर्देशक… पुरा पढौ