अर्थ

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत

वैशाख ११ काठमाण्डौं । आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन् । आजको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि रु छ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ ।… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ

वैशाख ११ पोखरा । योमा मा ई मोर्टस् प्रा.लि. ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा मा ई मोर्टस् प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ । प्रा.लि.का… पुरा पढौ

होटल पोखरा भिलेज एण्ड स्पा बन्यो चारतारे स्तरको

पोखरा, बैशाख ११ पोखराको चर्चित होटल मध्येको एक होटल पोखरा भिलेज अब चार तारे लेभलको बनेको छ । पोखराका पुराना पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले आफूले सञ्चालन गर्दै आएको पोखरा हल्लनचोकदेखि करीब एक सय मिटर उत्तरतर्फ रहेको होटल पोखरा भिलेजलाई अपग्रेड गरेर चार तारे लेभलको बनाइएको हो । जसका लागि उनले पछिल्लो पटक ७ तले नया भवन थपेका छन् । जहाँ ४२ वटा कोठाहरु थपिएपछि अब होटल पोखरा भिलेज एण्ड स्पामा कुल ६५ वटा कोठाहरु पुगेको सञ्चालक हरि शर्मा गैह्रेले… पुरा पढौ

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

दमौली । तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह गरेको हो । बोर्डका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको सुन्दरता अवलोकनका लागि देश तथा विदेशबाट पर्यटक आउने गरेकाले यसको मौलिकता कायमै राख्नुपर्ने बताए । उनले भने, “बन्दीपुर मौलिकताको सहर हो । यहाँ रहेका भक्तपुरे शैलीका घरहरु, संस्कृति अवलोकनका लागि स्वदेशी तथा… पुरा पढौ

पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले दुई वर्षभित्रमा काम सक्ने लक्ष्य राखेर विसं २०७८ माघमा उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम नसकेपछि आठ महिना ठेक्का म्याद थपिएको आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए । “निर्माण कम्पनीले पोखराको भौगर्भिक… पुरा पढौ

सुनको मूल्य ह्वात्तै घट्यो , आज कतिमा हुदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ । सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५०… पुरा पढौ

पोखराका सहकारी बचतकर्ताहरुले प्रदर्शन गर्दै भने : हाम्रो बचत अपचलन गर्नेलाई तत्काल पक्राउ गर

पोखरा, १० वैशाख पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकहरुलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पोखरामा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिवशिखर सहकारी, बलिदानी सहकारी, मित्रमिलन बचत तथा ऋण सहकारी र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताहरुले सोमबार पोखरामा संयुक्त प्रदर्शन गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला अदालत कास्की अगाडि प्रदर्शन गर्नुका साथै ज्ञापन पत्रपनि बुझाएका छन् । पीडितहरुले प्रदर्शनका क्रममा बचतकर्ताहरुको… पुरा पढौ

मन्त्री चुमानको पहिलो निर्णय : ईन्भेष्ट गण्डकी परियोजना सञ्चालन

पोखरा, बैशाख ९ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन् । मन्त्री भएको दुई हप्तापछि आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएपछि उनले आईतबार पदबहाली गरेका हुन् । पदबहाली गर्दै उनले पुँजीगत खर्च बढाउन आफूले सक्दो प्रयास गर्ने बताए । विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले त्यसलाई सुधारेर खर्च गर्ने क्षमता बढाउने उनले बताए । त्यसका लागि कर्मचारीलाई कार्यशैली बदल्नुपर्ने उनको भनाई थियो । हाम्रो काम गर्ने शैली नै भएन,उनले भने,‘यो शैलीले खर्च गर्न सकिदैन । बजेट… पुरा पढौ

गण्डकी प्रदेशमा साढे ९ महिनामा बजेट खर्च ३२ प्रतिशत मात्र

पोखरा । गण्डकी प्रदेशमा नया आर्थिक वर्षको साढे ९ महिनामा केवल ३२ प्रतिशत मात्रै खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ अन्तर्गत बैशाख ८ गतेसम्ममा केवल ३१.९२ प्रतिशत मात्र बजेट खर्च गरेको हो । जसमा चालुतर्फ ३२.३९ प्रतिशत र पुँजीगततर्फ २९.६६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट बनाएको थियो । जस अन्तर्गत बैशाख ८ गतेसम्ममा १०… पुरा पढौ

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

वैशाख ७ काठमाण्डौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताए । उनले यो वर्ष चार सयभन्दा बढी आरोही… पुरा पढौ