अर्थ

पोखरा वडा १२ मा हस्तकला तालिम सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक महिने हस्तकला तालिम सुरु गरिएको छ । हस्तकला तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले महिला दिदीबहिनीलाई सिप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानी बालुवामा हालेको पानी जस्तो खेर नजाओस् भन्ने आग्रह गर्दै दत्तचित्त भई नियमित हाजिरी गरी सिप सिक्न आग्रह गरे । विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक तथा मुख्य प्रशिक्षक… पुरा पढौ

लमजुङको ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ । यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै विभिन्न संरचना पनि निर्माण गरिने भएको हो । दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी मन्दिर पुनःनिर्माण गरिने, बाइसे तथा चौबिसे राज्यकालको इलामपोखरी गढीलगायते विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ । दुवै गाउँपालिकाले रु दुई÷दुई लाखको लागतबाट डिपीआरको काम सुरु गर्न… पुरा पढौ

सुनको भाउ स्थिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज पनि यही मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरि ,आज चाँदीको पनि भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो । चाँदीको भाउ आज भने एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

सराङकोटमा कफि खेति तालिम सम्पन्न

फागुन १४ पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्था लिले आफ्ना शेयर सदस्यहरुका लागी कफि खेति बारे तालिम सम्पन्न गरेको छ । भावना सहकारीको आयोजनामा शेयर सदस्यहरुका लागी आयोजना गरिएको १ दिने कफि खेति तालिम सोमवार सम्पन्न भएको हो । तालिमको समापन गर्दै वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीहरुले आफ्ना कार्यक्रमहरुमा आफै कफि बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै कृषिबाट आर्थिक रुपान्तरणका लागी वडा लागीपरेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत… पुरा पढौ

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव३० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कूल ५९… पुरा पढौ

गौशालामा सीमित भए रैथाने गाई

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उनले भने, “गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।” पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई छन् । पूजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका साहूलाई पहिले नै भन्नुपर्छ । धवलागिरी गाउँपालिका–७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेंसी गर्न छाडेको… पुरा पढौ

गलकोट बुहुमुखी क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड सङ्कलन

ढोरपाटन । पछिल्लो समय गाउँ तथा सहरका समेत सामुदायिक क्याम्पस धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी र आर्थिक स्रोतको अभावमा सामुदायिक क्याम्पस सञ्चालनमा समस्या भइरहेको हो । समुदायमार्फत सञ्चालित क्याम्पसमा अहिले विद्यार्थी टिकाउनै मुस्किल छ । आधुनिक शिक्षाको आकर्षण, वैदेशिक रोजगारी र अध्ययनका लागि विद्यार्थी पलायन भइरहेका छन् । जिल्लाको गलकोटमा भने विद्यार्थीलाई गाउँकै क्याम्पसमा आकर्षित गर्न र क्याम्पसको अवस्था सुधार गर्न महायज्ञ गरिएको छ । सो महायज्ञबाट रु १२ करोड सङ्कलन गरिएको छ । विसं २०६१ मा धान्याञ्चल महायज्ञ… पुरा पढौ

सुनचाँदीकोे भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस

नेपाली बजारमा सुनचाँदीकोे भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हप्ताको पहिलो दिन हिजो तोलाको एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरि, चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार चार सय रुपैयाँ रहेको थियो । पुरा पढौ

गण्डकी प्रदेशमा ६ वर्षमा ३५ हजार साना उद्योग थपिए

पछिल्ला छ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आँकडाअनुसार सोही अवधिमा ३२ हजार नौ सय ९४ व्यवसाय दर्ता भएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा लघु, घरेलु तथा साना उद्योग दर्ता हुने गरेको मन्त्रालयका उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यले बताए । “प्रदेश सरकार स्थापना भएयता ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग दर्ता भएको देखिन्छ”, उनले भने, “स्वरोजगारसँगै स्थानीय बजार चलायमान बनाउन… पुरा पढौ

गण्डकी धार्मिक पर्यटकीय सम्भावनाको प्रदेश हो : मुख्यमन्त्री पाण्डे

फागुन १३ बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताएका छन् । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जारी अनन्तश्री ब्राह्माण्डीय महायज्ञको पाँचौँ दिनको कार्यक्रममा आज उनले सम्बोधन गर्दै मुक्तिनाथ, कालीगण्डकी, देवघाट, त्रिवेणीधाम, दामोदरकण्ड जस्ता प्रसिद्ध धार्मिकस्थलहरु रहेका र पछिल्लो समय पञ्चकोट पनि एक धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको बताए । उनले भने, “अझै पनि यहाँ कैयौँ सुप्रसिद्ध धार्मिक तथा सांस्कृतिक गन्तव्य छन्, तिनको आवश्यक प्रचारप्रसार गरी धार्मिक एवं सांस्कृतिक पर्यटनको विकास गर्नुपर्छ ।”… पुरा पढौ