अर्थ

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर

फागुन १३ काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । दमक नगरपालिका–१३ र १४ मा रहेको बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । सार्वजनिक जग्गाका रुपमा दर्ता गर्नुपर्ने तीन सय ९७ रोपनी आठ आना एक पैसा तीन दाम जग्गा गैरकानुनी रुपमा… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा शर्माको उम्मेदवारी

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।मनकामना बुक्स एन्ड स्टेशनर्स महेन्द्रपुल पोखरामा बिगत ३० वर्षदेखि पुस्तक तथा स्टेशनरीको खुद्रा व्यवसाय गर्दे आएका शर्मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पुर्व उपाध्यक्ष हुन् । यहि फागुन १८ र १९ गते काठमाण्डौंमा आयोजना हुन लागेको महासंघको सातौं महाधिवेशनमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेको शर्माले आफू निर्वाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेशनरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय… पुरा पढौ

पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायी सामान ल्याउन चीन पुगे

पोखरा, फागुन १३ पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायी सामान ल्याउन चीन पुगेका छन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगोपनि परेपछि उनीहरु सिधै सामान ल्याउन चीन पुगेका हुन् । विदेशबाट सिधै सामान ल्याउने प्रयास स्वरुप सर्वेश्वर मार्गका एक दर्जन भन्दा बढीको टोली शनिबार राती ११ः५५ बजेको फ्लाईटबाट चीन प्रस्थान गरेका थिए । यसअघि पुसको मध्यतिर दुई दर्जन जनाको टोली चीन गएर सामान ल्याएको थियो । शनिबार फेरी अर्को टोली सामान लिन चीनतर्फ प्रस्थान गरेको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल… पुरा पढौ

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै

पर्वत । पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदि खोला, पैँंयू गाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्र्याङ्दीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो । चार पुलमध्ये मोदी–६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको पूर्वाधार… पुरा पढौ

भूक्षयको कारण बन्दै ग्रामीण सडक

गलकोट । हचुवाकाभरमा खनिएका ग्रामीण सडकका कारण भूक्षय र त्यसले निम्त्याएको जिउधनको क्षति बढ्न थालेको छ । पछिल्लो समय भइरहेका अधिकांश दुर्घटना, बाढी, पहिरो तथा भूक्षयको मुख्य कारण सडक देखिएको छ । बागलुङको भुजीखोलामा गएको बाढी होस् या कुशीसेरामा गएको पहिरो होस् यी सबैको कारण ग्रामीण सडक रहेको पाइएको छ । भू तथा जलाधार कार्यालय पर्वतले दिएको तथ्याङ्कमा बागलुङ जिल्लामा तीन वर्षयतामात्रै एक दर्जनभन्दा धेरै बाढीपहिराको प्रमुख कारण सडक भएको उल्लेख गरेको पाइएको छ । विकासका गतिविधिमध्ये करिब तीन दशकदेखि… पुरा पढौ

धादिङको कल्लेरी माविमा करिब ८ लाखको अक्षयकोष

पोखरा । धादिङ–पोखरा सम्पर्क समाजले धादिङको गल्छी गाउँपालिका वडा नं. २ स्थित कल्लेरी माविमा ७ लाख ९७ हजार ७ सय २० रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । शुक्रबार पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरको उपस्थितिमा समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुले विद्यालयलाई अक्षयकोषको रकम हस्तान्तरण गरे । कार्यक्रममा पूर्व शिक्षामन्त्री तुलाधरले कुनै पनि बालबालिका पैसाकै अभावले शिक्षा पाउनबाट बञ्चित हुन नहुने बताए । धादिङ समाजको अक्षयकोष विद्यालयका लागि निकै महत्वपूर्ण हुने भन्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले पहल गर्नुपर्नेमा उनले जोड… पुरा पढौ

चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द,गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ । प्रशोधन गरिएको नौनी घ्यू ९बटर० र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरुको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए। उनका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध… पुरा पढौ

‘शिक्षा सुधारे विमानस्थलको भीड घट्छ’: शिक्षाविद् डा.केसी

बलेवा । ‘हाम्रो शिक्षामा कमीकमजोरी छन् । शिक्षाले देशको भूमि हिमाल, पहाड र तराई जोड्न सक्नुपर्छ’ यो भनाइ शिक्षाविद् डा राजेन्द्र केसीको हो । शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नुपर्ने उनको भनाइ छ । “हिजोआज समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा अलपत्र परेका, विदेशमा मृत्यु भएका समाचार धेरै आउने गरेका छन्”, शिक्षाविद् केसीले भने, “युवापुस्ता विदेशिने क्रम बढ्नु, हाम्रो शिक्षा प्रणालीले रोजगारी पाउने खालका जनशक्ति उत्पादन नगर्नु नै हो । ती समाचारका कारण पनि शिक्षा प्रणाली हो ।”… पुरा पढौ

आँबुखैरेनी महोत्सवः विद्यार्थीले बनाएका चित्र महोत्सवको आकर्षण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले बनाएका चित्र आँबुखैरेनी महोत्सवमा राखिएका छन् । बिहीबारदेखि सुरु भएको दोस्रो आँबुखैरेनी महोत्सवमा राखिएका चित्रले महोत्सवमा आकर्षण थपेको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत कक्षा ११ मा अध्ययनरत २० जना विद्यार्थीले चित्रकला सीप सिकेर आफूले बनाएका विभिन्न किसिमका चित्र प्रदर्शनीमा राखेका छन् । महोत्सव आयोजकले विद्यार्थीका लागि एउटा स्टल निःशुल्क उपलब्ध गराएको छ । विद्यार्थीले सिकेका सीप सर्वसाधारणलाई प्रदर्शन गर्न र चित्रहरु बिक्रीका लागि महोत्सव उपयुक्त स्थान बन्न सक्ने विश्वास गरिएको… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । “अब पहाड काट्न एक÷दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, उनले भने। तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र… पुरा पढौ