अर्थ

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि

फागुन ३ काठमाण्डौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए । उनले भने, “शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन ।” परीक्षा… पुरा पढौ

सिलिङे सहकारीको स्थापना दिवसमा विउ विजन वितरण

फागुन ३ पोखरा । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिलिङे कृर्षि सहकारी सस्थाले आफनो १६ औं स्थापना दिवसको अवसर पारेर सेयर सदस्यहरुलाई विउ विजन वितरण गरेको छ । सामाजिक उत्तरदाईत्वलाई वहन गर्दै सहकारीले सेयर सदस्यहरुलाई कृर्षी क्षेत्र तर्फ आकर्षण गर्न र कृर्षीका उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले कृर्षी औजार सहित विउ विजन वितरण गरेको हो । सहकारीको नाम कृर्षीमा जेडिएकाले कृर्षीलाई ब्यवसायीक करण गर्दै आफना करेसावारीमा तरकारी पलाएर खान उत्प्ररण जगाउने गरि हरेक वर्ष जस्तै सहकारी यस वर्ष पनि… पुरा पढौ

अब नक्कली किसानका खोरलाई होईन, दूधलाई अनुदान दिईन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा, फागुन ३ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबदेखि दूध उत्पादनलाई हेरेर अनुदान वितरण गरिने बताएका छन् । पोखरामा विहीबारदेखि शुरु भएको १८ औं संस्करणको लिट्रेचर फेष्टिभललाई सम्बोधन गर्दै उनले हिजोजस्तो नक्कली किसानलाई नभई उत्पादनका आधारमा अनुदान वितरण गरिने बताएका हुन् । मैले न हिजो नक्कली बोट, नक्कली खोरका लागि वा नक्कली नक्कली भैंसीका लागि पैसा बाँडेको थिएँ,उनले भने,‘नक्कली खोर र बोटका लागि होईन अब दूधका लागि अनुदान वितरण गरिन्छ ।’ उत्पादनमा आधारित भएर अनुदान वितरण गर्नका लागि नै यसअघि… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव ५६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।… पुरा पढौ

बिक्न छाड्यो दूध,किसानमा छायो निराशा

चितवन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन् । उनले भने, “दूध उठ्न छाड्यो । अब कसरी बिक्री वितरण गर्ने ?” नियमित दूध बिक्री गर्ने अवस्था नभएको उनले बताए। जिल्लामा दैनिक तीन लाख… पुरा पढौ

वर्षौँदेखि अलपत्र बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलायो

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो । निर्माण कम्पनीको पटक–पटक म्याद थप गर्दा पनि कालोपत्र नगरेपछि गत पुसमा कालोसूचीमा परेको थियो । निर्माण कम्पनी कालोसूचीमा परेपछि लोकमार्ग कालोपत्र हुने अनिश्चित बनेको थियो । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगरेसम्म काम हुन नसक्ने भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक बन्द गर्नेदेखि हप्तौँसम्म धर्नामा उत्रिएपछि तत्काल काम अगाडि… पुरा पढौ

भानुभक्त प्राणी उद्यान: मुआब्जा प्राप्तिका लागि पहल गरिने

दमौली । तनहुँको व्यास नगरपालिका र भानु नगरपालिकाका चार वडा समेटेर निर्माण भएको भानुभक्त प्राणी उद्यानबाट प्रभावितलाई मुआब्जा वितरणका लागि पहल थालिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समितिको तीन वर्ष अगाडि बसेको बैठकले मुआब्जा रकम टुङ्गो लगाइसके पनि सरकारले बजेट निकासा नगरेपछि प्रभावितले अझै मुआब्जा पाउन सकेका छैनन् । उद्यानबाट प्रभावितलाई मुआब्जा वितरणका लागि रकम निकासा गर्न यहाँका सरोकारवाला निकायले पहल थाल्ने निर्णय गरेका छन् । भानुभक्त प्राणी उद्यान कार्यालयको समन्वयमा हालै बसेको समन्वयात्मक बैठकले मुआब्जा वितरणका… पुरा पढौ

तनहुँमा दुई पुल निर्माणले चार हजारभन्दा बढी लाभान्वित

तनहुँ । चालु आर्थिक वर्षमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि चार हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माण भएको हो । स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए। पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएको छ ।… पुरा पढौ

सरस्वती मन्दिर निर्माणमा नेपाल बैंकको आर्थिक सहयोग

पोखरा । पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसमा निर्माण हुन लागेको सरस्वती मन्दिरका लागि नेपाल बैंक लि. ले आर्थिक सहयोग गरेको छ ।बुधबार बसन्त पञ्चमीको अवसरमा क्याम्पसमा आयोजित सरस्वती मूर्ति प्रतिष्ठा, रुद्राभिषेक एवं सरस्वती पुजाको कार्यक्रममा बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको हो । देशकै अग्रणी शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसको हाताभित्र सरस्वती मन्दिर निर्माणार्थ ५ लाख रुपैयाँ मन्दिर निर्माण समितिलाई हस्तान्त्रण गरिएको नेपाल बैंक लि. बगर शाखाका प्रमुख विनोद सापकोटाले जानकारी दिए । उनले भने, ‘क्याम्पस परिसरमा विद्याकी देवी सरस्वतीको मन्दिर… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो । आज शेयर बजारमा रू चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ । तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार छ सय ७५ पटक खरिदबिक्री भएको हो । बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८,… पुरा पढौ