पोखराको ढुंगेसाँघुमा आज मेला लागिरहेको छ । धार्मिक तथा ऐतिहासिक ढुंगेसाँघु मेलामा विहानैदेखि दर्शक खचाखच छन् । पोखरा–१७, महतगौँडा सितापाइलास्थित ढुंगेसाँघु मेलामा भक्तजन तथा मेला हेर्नेको घुईंचो लागेको हो ।मेलामा पोखरा बजार लगायत आसपासका क्षेत्रबाट समेत भक्तजन मेला हेर्न पुग्ने गर्दछन् । मेलामा कुटो, कोदालो, हसिया, नाम्लो, डोरी, दाम्लो लगायतका घरेलु सामानकोे किनमेल हुने गर्दछ। दिनभर खेलकुदलगायत भजन कीर्तनको साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम हुँदैछन् । कास्की, स्याङजा, पर्वत, वागलुङ, तनहुँ लगायतका क्षेत्रबाट हजारौंको संख्यामा भक्तजन माघे संक्रान्तिको यो मेलामा सहभागि हुन…
पुरा पढौ