अर्थ

तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत्मा एडिबी र जाइकाको चासो

दमौली । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी)ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोले निर्माण गर्न लागेको उक्त आयोजनामा लगानी गर्न दुवै सहयोगी संस्था सकारात्मक देखिएका हुन् । एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० को काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार दुई… पुरा पढौ

इजरायल घटनाप्रति होटल संघ पोखरा नेपालद्वारा दुःख व्यक्त

पोखरा । हालै हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको निधन भएको घटनाप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । साथै इजरायमा रहेका नेपालीको उद्धार यथाशीघ्र गर्न र घाइतेहरुको उपचारका लागि कुटनीतिक पहल गर्न समेत संघले सरकारसँग आग्रह गरेको छ । मृतकहरुको शव नेपाल ल्याउने व्यवस्थाका लागि आबश्यक कदम चाल्न समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ… पुरा पढौ

अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । सोही अवसरमा अर्थमन्त्री डा महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफस) का एसिया प्यासिफिक हेर्नुहुने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल… पुरा पढौ

बाँझिएको जग्गामा टिमुर खेती

सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले विस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन् । काठेखोला गाउँपालिका–२ भीमापोखराको उच्च भागमा रहेको डोहेरी गाउँमा केही वर्षअघिसम्म खचाखच घर थिए । पाखो बारीमा सुनसरी आलु र भाँगोको खेती थियो । अहिले एकाद घरमा मानिसको बसोबास छ । आलु फल्ने बारी, भाँगो फल्ने बारीका छेउकुना वनमाराको शिकार बनेका छन् । गाउँमा बनेका घर स्याहारको अभावले भत्किने अवस्थामा… पुरा पढौ

ओमको साधारण सभामा विभिन्न व्यक्तिहरु सम्मानित

ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-२ मिरूवाको १५ ओेैँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणमा सभामा विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी र जेष्ठ सदस्य शारदा शर्मा अधिकारीलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, सहकारीबाट कर्जा लिएका मध्ये असल कर्जातर्फ भक्तिमाया नेपालीलाई सम्मान गरिएको थियो भने सहकारीका सदस्यहरुका छोराछोरीमध्ये माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण हुने सुवोध वस्ति र आयुश अधिकारीलाई सम्मान गरिएको थियो । साधारण सभाले… पुरा पढौ

उद्देश्यमा नचल्दा सहकारी समस्यामा:कृषि मन्त्री जिसी

पोखरा । कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौ उपभोक्ता ठगिएको बताएका छन् । मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथ दिनु पर्ने सहकारीले रातारात धनी हुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आम मानिसहरु पीडित बनेको बताए । कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेता एवं मन्त्री जिसीले खुल्ला वैठक र प्रजातन्त्रका… पुरा पढौ

दशैंमा घर जाँदै हुनुहुन्छ ? पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्दैछ

पोखरा, असोज २० दशैंमा घर फर्किनेहरुलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राईभेट लिमिटेडले दशैंका लागि यहि असोज २१ गते आईतबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने जानकारी दिएको हो । नेपाल यातायात राष्ट्रिय महासंघले असोज २२ गतेदेखि मात्रै अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेपनि पृथ्वी राजमार्गले एकदिन अगावै बुकिङ खुलाउने निर्णय गरेको हो । यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा बृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको… पुरा पढौ

चाडबाड नजिकिदै गर्दा पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी । दसैँ, तिहारजस्ता ठूला चाडबाडको मुखमा पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको हो । बिहीबार लेखनाथ क्षेत्रका पसल अनगुमन गरिएको महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिए। “छ पसलबाट झण्डै रु १८ हजार मूल्य बराबरको म्याग गुज्रेका र अखाद्य वस्तु मिसाइएका सामग्री जफत गरी नष्ट गरिएको छ”, उनले भने, “कर नतिरेका, पसल नवीकरण नगरेका व्यवसायीलाई एक साताभित्र महानगरमा उपस्थित हुन भनिएको छ ।” चाडबाडका… पुरा पढौ

पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो । सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ । “सम्पूर्ण बैकिङ्ग सुविधासहितको तपाँई हाम्रो घर आङ्गनको बैंक” भन्ने मुल नारा लिएर अघि बढेको कृषि… पुरा पढौ

सुनचाँदीको भाउ आज स्थिर , कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुन चाँदीको भाउ आज स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज हिजो जस्तै तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज तेस्रो दिन पनि घटबढ भएको छैन । चाँदीको भाउ आज तोलाको एक हजार तीन सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । पुरा पढौ