पोखरा । पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक सम्पन्न गरेको छ । ग्रामीण पर्यटन तथा घरबास कार्यक्रमको प्रवद्र्धन एवं स्थानीय उत्पादनको बजारीकरणको सम्भावना खोजीको लागि संघले क्होंलासोथर ९, गिलुङलाई बैठकस्थल छानेको अध्यक्ष पवनकुमार प्रजापतिले बताए । ‘तीनवटै तहका सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएका छन्,हामी सरकारसँगै सहकार्य गर्ने सामाजिक संस्था हौं,’ अध्यक्ष प्रजापतिले भने,‘सरकारी अभियानलाई सघाउन तथा ग्रामीण उत्पादनहरुको बजारीकरणको सम्भावना खोज्ने उदेश्यले बैठक स्थल नै गाउँ छानिएको हो ।’ बैठकको क्रममा जनप्रतिनिधि,…
पुरा पढौ