अर्थ

कुश्माको कालिका मन्दिरमा तीन दशकपछि चैतेदशैँ मेला

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ बाटुलेचौर स्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो । चैतेदशैँ मेलालाई वडा कार्यालयले पुनःजागरण गर्दै यस वर्षदेखि पुनः सुरुआत गरेको हो । चैतेदशैँ अवधिभर मन्दिरमा पूजाआजा, बलि दिने, भजनकीर्तनलगायतका कार्यक्रम सुरु भएको वडाध्यक्ष झलक रिमालले जानकारी दिए । राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा… पुरा पढौ

गाउँपालिकाले सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । “पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हाँै”, उनले भने, “स्वास्थ्य… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से

यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ३८ करोड २७ लाख ६७ हजार नौ सय बराबरको कारोबार भएको छ… पुरा पढौ

सुनको मूल्य तोलाको १ लाख ९ हजार

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू १ लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू १ लाख ९ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १०… पुरा पढौ

प्रभु बैंकको विश्व वित्तिय सप्ताह सम्पन्न

पोखरा । प्रभु बैंक लि. ले विश्व वित्तिय सप्ताह विभिन्न कार्यक्रम गरि मनाएको छ । किशोर तथा यूवाहरुमा वित्तिय शिक्षाको महत्वका सम्बन्धमा जागर ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने अभियान अन्र्तगत बैंकले गण्डकी प्रदेशका विभिन्न जिल्लामा विशेष कार्यक्रमका साथ मनाएको हो । ‘प्लान योर मनी, प्लाण्ट योर फ्यूचर’ भन्ने नाराका साथ प्रदेशका ४ जिल्लाका एक सय बढी क्षेत्रमा मनाइएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको संयोजनमा अर्गानाइजेसन अफ इकोनोमिक्स एण्ड डेभलोप्मेन्टको आयोजनामा विश्वव्यापी रुपमा मनाइने गरेको छ । बैंकले गत… पुरा पढौ

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक भित्रिने

बागलुङ । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसँैका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो समय कालिका मन्दिरमा आउने गरेका छन् । चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका… पुरा पढौ

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

साताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ। आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

निजी क्षेत्रको ठूलो आयोजना ४४ मेगावाटको सुपर मादी हाइड्रो सञ्चालनमा, शनिवारदेखि राष्ट्रिय प्रसारणमा जोडियो

पोखरा । सुपर मादी हाइड्रो पावर लिमिटेडले कास्कीको मादी गाउँपालिकामा निर्माण सम्पन्न गरेको ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको शनिवार (चैत ११ गते) देखि परिक्षण उत्पादन सुरु भएको छ । उत्पादित विद्युत पोखरा महानगर पालिकाको लेखनाथ सवस्टेशनमा जोडिएको हो ।मादीको पाँचौँ विद्युत गृहका रुपमा निर्माण सम्पन्न भएको यो आयोजना मादी खोलामा बनेका मध्ये सबै भन्दा ठुलो हो । मादी खोलामा यसअघि नै ४ वटा हाइड्रो पावर निर्माण भैसकेका छन् । सञ्चालनमा आएका मध्ये सुपर मादी निजी क्षेत्रले निर्माण गरेको कास्कीको… पुरा पढौ

आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाण्डौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले रु दुई खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र रु ५५ अर्ब ४६… पुरा पढौ

पोखरामा पाल्पा हाउसको औपचारिक उद्घाटन

चैत १० पोखरा । पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरे । सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल्पालीहरुको हरेक कार्य प्रशंसनीय भएको बताए । उनले पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा हाउसलाई पनि समेट्ने प्रतिबद्धता जनाए । उनले रानीमहलको झल्को दिने पाल्पा हाउस पोखरा र पाल्पाको समेत प्रेमको प्रतीक भएकोले सधैंभर सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे… पुरा पढौ