अर्थ

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार

काठमाडौ । नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ । छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल तथा अन्य गतिविधिमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशनमार्फत सट्टेबाजी खेलाएर करोडौँको कारोबार गरेको खुलेको छ । प्रारम्भिक विवरणमा उनीहरुले विभिन्न समयमा सट्टेबाजी खेलाएर झण्डै ६० करोड कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । सट्टेबाजीमा जुम्ला घर भई भक्तपुर लोकन्थली बस्ने २३ वर्षका दिलिप सिंह कठायत, सोही ठाउँका भुपालराज न्यौपाने, नयनराज भण्डारी,… पुरा पढौ

पहिलो पटक केन्द्रीय लाइन पुगेपछि गाउँमा खुसीयाली

बागलुङ । बागलुङको बरेङ गाउँपालिका-१ ओखरेनी र छापगाउँमा पहिलो पटक विसं २०५९ मङ्सिरमा बिजुली बल्यो । गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो । बीस किलोवाट क्षमताको उक्त लघु जलविद्युत् आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसङ्ख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो । आयोजनाबाट उत्पादित विद्युत्बाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै… पुरा पढौ

सुनको भाउ आज १ हजार २ सय रुपैयाँले बढ्यो

हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने १ हजार २ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो । यसैगरी , आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

सिटी रेबान कास्कीको अधिवेशन भोलि

पोखरा, चैत ९ पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेबान) कास्कीको आठौं अधिवेशन तथा १९ औं साधारण सभा भोलि शुक्रबार हुने भएको छ । सिटी रेबान कास्कीको अधिवेशन तथा साधारण सभा शुक्रबार पोखरा सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा आयोजना हुनेछ । विहान ९ बजेदेखि शुरु हुने अधिवेशनको होटल व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष दीनेशकुमार चुकेले उद्घाटन गर्ने कार्यक्रम तय भएको सिटी रेबान कास्कीका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । अधिवेशनले नया नेतृत्व चयन गर्ने वर्तमान अध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कले घटेर तीन सय ६३ दशमलव ९१ मा झरेको छ । नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ३७ लाख ७७… पुरा पढौ

पोखरामा रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालन

पोखरा, चैत ८ पोखरामा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ चाँडै सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । न्यूरोडस्थित भाटभटेनी भन्दा केहि तल रहेको यो शुक्रबारदेखि सञ्चालनमा आउने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ‘पाल्पा हाउस’को शुक्रबार विहान पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख (मेयर)… पुरा पढौ

निःशुल्क आँखा उपचार शिविर,गुमेको आँखाको ज्योति फर्कदा दङ्ग

म्याग्दी । नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर आज सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको आँखा परीक्षण गरिएको थियो । “गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई… पुरा पढौ

हिउँद सकिएसँगै मनाङमा पूर्वाधार निर्माणका कार्य सुरु

मनाङ । हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ । हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास निर्माणका काम अहिले सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए । चिसोका कारण गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएका भौतिक संरचना निर्माणका कार्य रोकिएका थिए । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतका विकास निर्माणका कार्य रोकिएकामा अहिले कामले निरन्तरता पाएको… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताएका छन् । वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई समाजिक सुरक्षा कोषका योजनामा आबद्ध गराउने कार्यको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अब दुःख दिने, दुःख पाउने दिन गए । अब सबैको सम्मान हुनेछ, सबैको आत्मसम्मानमा बढोत्तरी हुनेछ, यहाँहरुको योगदानको कदर हुनेछ ।” उनले वैदेशिक रोजागारीका लागि नयाँ नयाँ अवसर र गन्तव्यको खोजी… पुरा पढौ

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा०को वार्षिक शिखर सम्मेलन हुने भएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत डा धनञ्जय रेग्मीले जानकारी दिए । नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा… पुरा पढौ