अर्थ

११ औं आलु महोत्सवको तयारी तिव्र

चैत १५ पोखरा । बिष्णु पादुका क्लब पोखरा–२५ हेमजाको आयोजनामा हुने ११ औं राष्ट्रिय ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको अन्तिम सातादेखि शुरु हुने महोत्सवलाई आयोजकले तिव्र पारेको हो । क्लवले महोत्सवको तयारी स्वरुप बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग छलफल गरेको छ । महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश लगायत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जालसँग छलफल भई रहेको महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

बुधबार सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो । बुधबार १।०२ अंकले बढेको बजार १९१९।४२ विन्दुमा पुगेर रोकिएको छ । यो ०।०५ प्रतिशतको वृद्धि हो । बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ । कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ । मंगलबार १ अर्ब ४४ करोड ३७ लाख… पुरा पढौ

११ औं आलु महोत्सवको तयारी तिव्र

पोखरा । बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश लगाएत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जाल सँग छलफल भई रहेको महासचिव बसन्त कुमार श्रेष्ठले बताए । उनले कृषि महाशाखाको पहलमा कृषि… पुरा पढौ

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । साताको चौथो दिन सुनको भाउ आज तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो । यसैगरी , आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

मिटरब्याजलाई अपराध मानेर कानून बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानूनी दायरामा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाका अनुसार मिटरब्याजीलाई अपराधको रूपमा लिएर आवश्यक कानून बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले मिटरब्याजलाई अपराध मानेर कानून बनाउँदै पीडकलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उक्त प्रयोजनका लागि अपराध संहिता संशोधन गर्न… पुरा पढौ

अचेल बिक्न छाडे डालो, नाङ्लो र ठेकी

ढोरपाटन । दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ÷दश बूढापाका र अर्धबँैसे युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा देखिन्छ । त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन् । उनी हुन् जलजलाका ६३ वर्षीय… पुरा पढौ

पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३ हजार ८ सय ३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ । हाल संस्थामा ८ हजार ७ सय ९४ जना सदस्यहरु रहेका छन् । सार्वजनिक भएको युवा सदस्यको तथ्याँक बमोजिम २७९४ जना महिला सदस्य र १ हजार ९ जना पुरुष सदस्य रहेका छन् । तथ्याँक बमोजिम १८ देखि २५ वर्षसम्मका मात्र आँकाडा हेर्दा जम्मा सदस्यहरु ६०५ जना… पुरा पढौ

पोखराको लेकसाईडबाटपनि नेपाल बैंकको सेवा शुरु

पोखरा, चैत १४ नेपाल बैंक लिमिटेडले पोखराको लेकसाईडमा शाखा बिस्तार गरेको छ । बैंकले मंगलबार एक औपचारिक कार्यक्रम गरेर शाखाको उद्घाटन गरेको हो । यो नेपाल बैंकको २२८ औं शाखा हो भने पोखराको आठौं शाखा हो । वि.स.१९९४ सालमा स्थापित यो बैंकले यसअघि पोखराका विभिन्न सात ठाउँबाट सेवा दिदै आएको छ । लेकसाईड शाखाबाट भदौ ६ गतेदेखि नै सेवा सञ्चालन शुरु गरेपनि औपचारिक उद्घाटन भने आजमात्र गरिएको हो । पोखराको आठौं शाखाको रुपमा सञ्चालनमा आएको लेकसाईड शाखाको मंगलबार पोखरा महानगरपालिकाका… पुरा पढौ

मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन सुरु

मुस्ताङ । मुस्ताङमा गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो । सङ्कलित नमूनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने नेपाल पश्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा… पुरा पढौ