अर्थ

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ: उपप्रमुख गुरुङ

दुई महिने हाते होजियारी तालिम सम्पन्नपोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्रको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने… पुरा पढौ

दीपक बने सिटी रेबान कास्कीको अध्यक्ष

पोखरा, चैत १० पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान) कास्कीको अध्यक्षमा साईमन पार्टी प्यालेसका सञ्चालक दीपक तिमिल्सिना चयन भएका छन् । सिटी रेवान कास्कीको शुक्रबार पोखरामा भएको आठौं अधिवेशन तथा १९ औं साधारणसभाले वर्तमान कार्यवाहक अध्यक्ष तिमिल्सिनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि अध्यक्ष पिताम्बर पौडेलले घरायासी समस्या देखाउँदै पदबाट राजिनामा दिएपछि तिमिल्सिना कार्यवाहक अध्यक्ष बनेका थिए । समितिको महिला उपाध्यक्षमा तुलसा जिसी, खुल्ला उपाध्यक्षमा रामप्रसाद ज्ञवाली, महासचिवमा मनोज केसी, सचिवमा केशव घिमिरे र कोषाध्यक्षमा प्रेम सापकोटा… पुरा पढौ

व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छ: मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताएका छन्। होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग व्यवसाय सफल भएमात्र व्यवसायी सफल हुन्छन् र उनीहरुको सफलताले नै समृद्ध नेपाल निर्माण गर्न सहयोग पुग्ने बताए । सामूहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी सिर्जना गर्ने र यसबाट वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई स्वदेशमै रोक्ने पनि उनले बताए । “मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवा विदेश पलायनमा लागेका छन्”, मुख्यमन्त्री अधिकारीले… पुरा पढौ

तल्लो सेती स् २०८१ मा बोलपत्र आह्वान गर्ने तयारी

तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । एक सय चार मेगावाट क्षमताको… पुरा पढौ

ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन । निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन्… पुरा पढौ

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौँ । नेपाल फाइभ पी प्रदर्शनी आजदेखि सुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा।लिको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गरेका हुन्। काठमाडौँको भृकुटी मण्डपमा सुरु भएको प्रदर्शनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायीलगायत सहभागी छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने व्यापारी व्यवसायी तथा सरोकारवाललाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी गर्दै नवीनतम… पुरा पढौ

आर्वा बहुउद्देश्यीय सहकारी संस्थाद्धारा रक्तदान कार्यक्रम

पोखरा । पोखरा १३ आर्वा स्थित सुनडाँडामा सञ्चालित आर्वा बहुउद्देश्यीय सहकारी संस्था लि ,ले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ। संस्थाले स्थापनाको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमहरु अन्तर्गत आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा सहकारीका कोषाध्यक्ष श्रीनाथ वाग्लेले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले पहिलो रक्तदाता बुद्धीराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम को शुभारम्भ गरेका थिए।… पुरा पढौ

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी कार्यान्वयन चरणको प्रारम्भ गरेका हुन् । बैरेनी क्षेत्रको करिब एक हजार पाँच सय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइए पनि प्रथम चरणमा करिब दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिनेछ । आयोजनाको मस्यौदा नेपाल सरकारबाट स्वीकृत गराई २०७८ फागुन २ गते राजपत्रमा प्रकाशित भइसकेको छ ।… पुरा पढौ

पोखरा महानगरमा सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट

पोखरा । पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिए । उनका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फछ्र्योटका लागि ताकेता गर्न पहल गर्ने एवं बेरुजु न्यूनीकरण गर्न लेखा समिति सदस्य बलराम पौडेलको संयोजकत्वमा विष्णुमणि बराल र रामजी पौडेल सदस्य रहनुभएको समिति गठन गरिएको छ । लेखा अनुगमन, मितव्ययिता एवं पारर्दशिता वृद्धि गर्न आवश्यक पहल गर्न सदस्य बरालको संयोजकत्वमा पौडेल सदस्य रहनुभएको… पुरा पढौ

फेवा महोत्सवले होटलको अकुपेन्सी बढाउने आसा

चैत ९ पोखरा । नयाँ बर्षका अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने १८ औं फेवा नबवर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको छ । लेकसाइडका विभिन्न स्ट्रिट अन्तर्गत होटलहरु समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए… पुरा पढौ