अर्थ

सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले घटेको छ । साताको चौथो दिन आज सुनको भाउ आज एक लाख ७ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर आज एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

आलु महोत्सवलाई हेमजाका आमा समुहले सघाउने

चैत ७ पोखरा । चैत अन्तिम साताबाट पोखराको हेमजामा हुने राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई स्थानिय आमा समूहले सघाउने भएका छन् । यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई सघाउने हेमजाका आमा सघाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । महोत्सव मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहसंगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेको आयोजकले जनाएको छ । कार्यक्रममा कामधेनु महिला कृषक समूहकी पार्वती बानियाँ, तिब्रेकोट आमा समुहकी उषा… पुरा पढौ

डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

बागलुङ । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मै अल्झिएको छ । उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित भएको छ । आयोजनाको निर्माणको चर्चा विसं २०६१ देखि भए पनि बल्ल आएर डिपिआर थालिएको थियो । डिपिआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि अहिले ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा थप अन्योल भएको हो । सम्भाव्यता अध्ययन सम्पन्नपश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहीद, बहीद… पुरा पढौ

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब

काठमाडौ । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० सम्म आठ हजार नौ सय ७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । तथ्याङ्क अनुसार… पुरा पढौ

बाँसबाट निर्मित सामग्रीः ‘सामान हाम्रो, मूल्य ग्राहकको’

तनहुँ । बन्दीपुर गाउँपालिकामा रहेका करिब ४० घर भुजेलले बाँसबाट निर्मित सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन् । बाँसबाट निर्मित परम्परागत घरायसी सामग्री बिक्री गरेर घरको दैनिकी धान्दै आएका उनीहरू पछिल्लो समय सङ्कटमा पर्दै गएका छन् । बजारमा कच्चापदार्थ बाँस, दैनिक उपभोग्य सामग्री र यातायातको भाउ बढेपछि आफूहरूको आम्दानी खुम्चीएको ५३ वर्षीय चन्द्रबहादुर भुजेलले बताए । “बजारमा तेलदेखि चामलसम्मको मूल्य अकाशिएपछि बजार जान सकिने अवस्था छैन”, चन्द्रबहादुरले भने, “तर हाम्रो मूल्य भने पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ… पुरा पढौ

निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र

कास्की । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताए । चालु आर्थिक वर्षमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट यतिबेला बजेट ल्याउन… पुरा पढौ

चहलपहल छैन,अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण

लमजुङ । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन् । हरियाली जङ्गलबीच चराचुरुङ्गीको चिरबिरसँगै गोरेटो बाटो पछ्याउँदै गरिने पदयात्राको रोमाञ्चकता अचेल कम हुँदै जान थालेको छ । पिढ्यूँमा झोला बोकी लौरीको साहरामा उकालो(ओरालो गर्नेहरुको सङ्ख्या पनि पातलिँदै जान थालेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने प्रायः सबै भित्री गाउँमा सडक सञ्जाल पुगिसकेको छ । जसले सवारी साधनको सङ्ख्या र मानिसको कोलाहल… पुरा पढौ

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३÷११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेशनबाट बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको… पुरा पढौ

‘आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार नै राजनैतिक स्थिरता हो ’: प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

चैत ६ पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताए । उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए । उनले देशमा राजनैति अस्थिरताका कारण कुनैपनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको स्पष्ट पारे । ‘उद्योग व्यवसाय… पुरा पढौ

हेम्जामा हुने आलु महोत्सवलाई युवाले सघाउने प्रतिबद्धता

चैत ६ पोखरा । यही चैतको अन्तिम साता पोखराको हेमजामा हुने ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका यूवाहरुले सघाउने भएका छन् । यही चैत २६ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सघाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरेको हुन् । महोत्सव मूल आयोजक समितिले सोमबार राखेको युवाको भेलाका सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने बताए । कार्यक्रममा हेमजा युनाइटेडका अध्यक्ष राजेस त्रिपाठी, युवा रेडक्रस सरकल हेमजाका अध्यक्ष अनिल पौडेल, अम्बिका मा.बि शिक्षक… पुरा पढौ