दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ यहाँकी होटल व्यवसायी डिलमाया कार्की । पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आउनुभएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी गरेका छन् । उनी यस क्षेत्रका महिलाका लागि उदाहरणीय बनेका छन् । कार्कीको कौसीमा यतिखेर लटरम्म गोलभेडा, ब्रोकाउली, धनियाँ, लसुनको साग, रायोसागलगायत तरकारी फलेका छन् । साथै उनी काँक्रो, घिराँैला, करेला, चिचिन्ना,…
पुरा पढौ