अर्थ

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ । वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ । परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभागमार्फत… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत ९२ योजना सम्पन्न भएका हुन् भने आठ वटा सञ्चालनमा आएका छन् । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरूमा उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए । उपभोक्ता समितिमार्फत सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रूपमा अनुगमन गरिएको उनको भनाइ छ । उनका अनुसार ऋषिङ–७ स्थित माछदाङ… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण भएको छ । सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु छ… पुरा पढौ

सहकारी ठगहरुलाई भोट नहाल्न सहकारी बचत पीडित संघको अपिल

सन्देश श्रेष्ठपोखरा, फागुन १६ पोखरा सहकारी काण्डहरुको ईपिसेन्टर हो । यहाँ सूर्य दर्शन सहकारी, ईमेज सहकारी, बार्दली सहकारी, प्राईम सहकारी, मित्रमिलन सहकारी, पोखरा बचत तथा ऋण सहकारी, संघर्षशील बचत तथा ऋण सहकारीलगायतका आधा दर्जन सहकारीको बचत रकम हिनामिना भएको छ । यहाँ सबैभन्दा बढी सूर्य दर्शन सहकारीको १ अर्ब ५१ करोड रकम हिनामिना भएको भन्दै मुद्दा चलाइएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने, संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिवी), पूर्व डिआईजी… पुरा पढौ

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन: वित्त आयोग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।चालु आर्थिक वर्ष प्रथम छ महिनामा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तावापतको रकम… पुरा पढौ

शेरबहादुर देउवाबाट सम्पती छानविन सुरु गर्ने सभापती थापाको उद्घोष

सन्देश श्रेष्ठ पोखरा, फागुन १५ नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पती छानविन गर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवा नेपाली कांग्रेसका निवर्तमान सभापती तथा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । २०४६ पछिको उच्च ओहोदामा रहेका सबैको एक, एक छानविन गर्ने बताउँदै उनले भने,‘सबैभन्दा पहिला पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पती छानविन गरिनेछ । मन्त्री भएको गगन थापाको सम्पती छानविन… पुरा पढौ

सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मोल रु १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल रु पाँच हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल रु… पुरा पढौ

अटोवेजले भित्रायो यूरो-मापदण्डको भोल्भो आइसर लक्जरी बस, पोखरा–काठमाडौं चल्ने

सन्देश श्रेष्ठपोखरा, फागुन १२ पोखराको अटोवेज प्रालिले यूरो-६ मापदण्डको भोल्भो आइसर बि–६ लक्जरी बस भित्राएको छ । बतास कमर्सियल भेईकल्स प्रालिका लागि गण्डकी प्रदेश, धौलागिरी क्षेत्र तथा चितवनको अधिकृत विक्रेताका रूपमा कार्यरत अटोवेजले गण्डकी प्रदेशमा पहिलो पटक भित्राएको सो अत्याधुनिक गाडी स्वीफ्ट होलिडेले खरिदसमेत गरिसकेको छ । पोखरा–काठमाडौं, काठमाडौं–पोखरा चल्ने सो गाडी चाँडै सञ्चालनमा आउनेछ । कार्यक्रममा अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले साँचो स्विफ्ट होलिडेज प्रालिका प्रबन्धक निर्देशक मिलन नेपाललाई हस्तान्तरण गरे । यूरो–६ मापदण्डको यस गाडी वातावरणमैत्री रहेको अटोवेज… पुरा पढौ

सुनको मूल्य बढ्यो,तोलाको तीन लाख १४ हजार ८००

आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५९५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज… पुरा पढौ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार तथा निजी क्षेत्रका प्रतिनिधिले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिएका हुन् । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताए । इथानोल मिश्रणसम्बन्धी अध्ययन दुई दशकदेखि हुँदै आएको उल्लेख गर्दै… पुरा पढौ