अर्थ

वैदेशिक व्यापारका सात महिनाः नौ खर्ब पचास अर्ब घाटा

चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा रु ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र रु एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले रु नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ । भारतसँग बितेका सात महिनामा रु छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको… पुरा पढौ

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवं परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई… पुरा पढौ

सिक्लेशवासीसँग राजकाजी : जलविद्युतबाट स्थानिय जनता लाभान्वित हुने वातावरण बनाउनुपर्नेमा जोड

पोखरा, फागुन ६ कास्की क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङ घरदैलो गर्दै सिक्लेश पुगेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका उनी गुरुङको ऐतिहासिक थलो क्होंलासोंथर नजिकैको पर्यटकीय गाउँ सिक्लेश पुगेका हुन् । मादी गाउँपालिका १ मा पर्ने सिक्लेशमा पुग्दा उम्मेदवार गुरुङलाई स्थानियले भव्य स्वागत गरे । सिक्लेश आमा समूहले गुरुङको छोरा उम्मेदवार बनेर आएको भन्दै खादा र मालाले स्वागत गरेका थिए । कार्यक्रममा सिक्लेस आमा समूहकी अध्यक्ष सन्तोषी गुरुङले क्षेत्र… पुरा पढौ

जगदम्बाले ल्यायो ईभी लक्जरी बस : पोखरा-धुलिखेल सेवा शुरु, टिकटको ९ सय मात्रै

पोखरा, फागुन ६ जगदम्बा ट्राभलले ईभी लक्जरी बस भित्राएको छ । जगदम्बाले एक करोड ६८ लाख पर्ने दुई वटा ईभी लक्जरी बस भित्राएको हो । सोफा र एसीसहितको सुविधा सम्पन्न उक्त बसबाट जगदम्बाले बुधबारदेखि सेवा शुभारम्भ गरेको छ । सेवाको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले शुभारम्भ गरे । बस पोखरा–धुलिखेल रुटमा सञ्चालन हुन थालेको जगदम्बा मोटर प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । जगदम्बाले पोखरा–काठमाडौं र पोखरा–धरान, पोखरा–विराटनगर र पोखरा–काकडभिट्टालगायतका ठाउँहरुमा डिजेल बसबाट लक्जरी बस सेवा सञ्चालन गर्दै आएको छ… पुरा पढौ

म्याग्दीको अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिईन् । वडा नं १ दोवामा रु ७० लाख, वडा नं २ भुरुङ–तातोपानीमा रु ३९ लाख, वडा नं ३ दानामा रु २१ लाख, वडा नं ४ नारच्याङमा रु १० लाख, वडा… पुरा पढौ

कास्की-२ का एमाले उम्मेदवार रश्मी आचार्यको प्रतिबद्दता : समृद्दिका लागि पर्यटन, उत्पादन वृद्दिका लागि कृषि, सिंचाई र पशुपालन

सन्देश श्रेष्ठपोखरा, फागुन ५ कास्की क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले पोखरालाई पर्यटनको राजधानी बनाउने प्रतिबद्दता गरेका छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पर्यटनको राजधानी बनाउन पटक÷पटक संघ सरकारलाई पत्र पठाए पनि निर्णय हुन नसकेको यो विषयलाई उम्मेदवार आचार्यले आफ्नो चुनावी प्रतिबद्दतामा समेटेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न क्याविनेटबाट निर्णय गराएर पठाएका थिए । तर तत्कालीन ओली सरकारले त्यसलाई… पुरा पढौ

सामाजिक संजालजस्तै करबारे पनि जानकारी राख्नोस् ः प्रमुख कर अधिकृत ढुंगाना

‘हामीलाई टिकटक र फेसबुक चलाउन कसैले सिकाएको हैन । मार्क जुकरवर्ग आएर फेसबुक यसरी चलाउने हो भन्या पनि हैन होला । त्यो चलाउन जान्ने तर आफूलाई चाहिने करको दाखिला गर्ने कुरा चाहिँ नजान्ने,जानेको छैन भन्ने । बिल काट्न आउँदैन भन्न मिल्छ र ’ आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सोमबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मूल्य अभिवृद्धि कर र करबारे आयोजना गरेको तालिम कार्यक्रममा प्रश्न तेस्र्याए । पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्की… पुरा पढौ

मृगौला पिडितलाई एक लाख सहयोग हस्तान्तरण

पोखराको व्यवसायीक घराना कर्माचार्य ग्रुपद्धारा स्थापित स्व.लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषले शनिवार मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरेको छ । कास्कीको सार्दीखोला बस्ने ४९ बर्षिय मृगौला पिडित बुद्धीशोभा गुरुङलाई १ लाख रुपैँया हस्तान्तरण गरिएको हो । कर्माचार्य परिवारले ३० लाख रुपैँयाको कोष स्थापना गरि सो कोष मार्फत सहयोग रकम हस्तान्तरण गर्दै आएको छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मृगौला रोगबाट पिडित हुने परिवारलाई सो सहयोगले हौसला प्रदान गर्नुका साथै समाजलाई समेत मार्गनिर्देश गर्न प्रेरणा मिलेको बताए… पुरा पढौ

पोखराका अटोमेकानिकलहरुलाई भ्याट र करसम्बन्धी तालिम

पोखराका अटो क्षेत्रमा कार्यरत व्यवसायीहरुले आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिममा सहभागी भएका छन् । उद्योगी÷व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोगी संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना आरएसआरएसडीको सहयोगमा २ दिने तालिमको आयोजना गरेको हो । तालिमका निम्ति गण्डकी अटो मेकानिकल वक्स एसोसियसनसँग सहकार्य गरिएको थियो । तालिममा सिए विवेक श्रेष्ठले सहभागी करिब ५५ जनालाई तालिम प्रदान गरेका थिए ।तालिम उद्घाटन कार्यक्रममा बोल्दै आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दैनिक जीवनको… पुरा पढौ

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो ।भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने… पुरा पढौ