पोखरा । पोखरा महानगरपालिका–२७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा एक महिने अखण्ड हरिनाम सङ्कीर्तन आजदेखि सुरु भएको छ । कर्दम–कश्यपजस्ता ऋषिमुनिको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा आजदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम सङ्कीर्तन सुरु गरिएको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले बताए । प्राचीनकालदेखि साधकको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको उनले बताए । अखण्ड सङ्कीर्तनको एक…
पुरा पढौ